‘बलियो सहकारी संघ सक्षम टीमको बलमा निर्माण हुन्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘बलियो सहकारी संघ सक्षम टीमको बलमा निर्माण हुन्छ’

२०७२ चैत्र ५ गतेदेखि २०७५ पौष २७ गते सम्म ३ वर्ष काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि (कास्कून) को नेतृत्व गर्नुभएका निवर्तमान अध्यक्ष केशव प्रसाद दंगाल शिक्षासेवी पनि हुनुहुन्छ । कास्कूनको गर्विलो वर्तमान निर्माणमा दंगालको कार्यकालको इतिहास पनि अन्तर्घुलित छ । २०६५ मंसिर ६ गते सञ्चालक समिति सदस्य निर्वाचित उहाँ २०७० जेठ १८ मा सचिव हुँदै २०७२ सालमा संघको अध्यक्ष बन्नुभएको थियो । कास्कूनका चौंथो अध्यक्ष एवम् वर्तमान सल्लाहकार दंगालसँग संघको इतिहास बारेमा गरिएको संक्षिप्त कुराकानीः 

सहकारी क्षेत्रसँग कहिले र कसरी जोडिनुभयो ?

वि.सं. २०५३ सालमा MBA अध्ययन गर्ने क्रममा नै सहकारी क्षेत्रमा आवद्ध भएँ । उक्त संस्थाको नाम सरस्वती दुग्ध उत्पादन सहकारी संस्था हो जुन हालको शंखरापुर नगरपालिका १ मा अवस्थित छ । 

कास्कूनसँग कहिलेबाट र कसरी जोडिनुभयो ? यसको विगत बारे केही बताइदिनुहुन्छ कि ?

कास्कूनको २१ औं सदस्य संस्था श्री जोरपाटी साकोसमा मिति २०६४ साल पौष ३ गते सदस्यता भए पछि प्रतिनिधिको रुपमा संघसँग जोडिएँ । आर्थिक वर्ष २०६३/६४ मा कास्कूनको वासलात रु.२,६०,७०६ र सदस्य संख्या १७ थियो । 

कास्कूनका अगुवाहरुमा रवि शम्शेर ज.ब.रा, (मिति २०५९ श्रावण १० देखि २०६४ जेठ १८ सम्म), केशव नरसिंह राजभण्डारी (मिति २०६४ जेठ १८ देखि २०७० जेठ १८ सम्म) र शम्भु प्रसाद घिमिरे (मिति २०७० जेठ १८ देखि २०७२ चैत्र ५ सम्म) लाई पनि सम्झन चाहन्छु । अन्य धेरैको पनि यसको स्थापना र पथ प्रदर्शनमा भूमिका छ ।

सबैलाई ज्ञात भएको विषय हो, कास्कूनको विगत बलियो थिएन । संघर्षपूर्ण दिनहरु पार गर्दै संघले आज सफलता हात पारेको हो । बलियो विगत नहुनु पछाडि विविध कारणहरु थिए । समयमै कार्यालय स्थापना हुन सकेन । लामो समयसम्म सदस्यता वृद्धि भएन जसले गर्दा वित्तीय र गैह्र वित्तीय कारोबार सञ्चालनमा सक्रियता आएन । त्यस्तै, नयाँ सदस्यता वितरणमा सञ्चालकको उदासिनता र कास्कूनलाई अभियानको महत्वपूर्ण अंग बनाउन नसक्नु आदि कारणले संघ विगतमा आफ्नो ओजपूर्ण उपस्थिति देखाउन सकेन ।

कास्कूनको कार्यालय सञ्चालनको प्रारम्भिक इतिहास कस्तो थियो ?

२०५९ सालमा स्थापना भएता पनि लामो समय सम्म कार्यालय सञ्चालन गर्न नसकेको अवस्थामा २०६९ चैत्र १५ गते देखि नेफ्स्कून फिल्ड कार्यालय र कास्कूनको कार्यालय संयुक्त रुपमा सरस्वतीनगर, चावहिलमा पहिलो पटक सञ्चालन गरेका थियौं । पछि नेफ्स्कून कुमारी भवन चावहिलमा सरेपछि कास्कूनको केन्द्रीय कार्यालय चावहिल (हाल रहेको स्थानमा) स्थापना भएको हो ।

कास्कूनका हिजोका चुनौतीहरु कसरी चिरिए भन्ने लाग्छ ?

सदस्यता वृद्धि, केन्द्रीय कार्यालय स्थापना, वित्तीय र गैह्र वित्तीय कारोबारमा बृद्धि, सदस्य अभिमुखीकरण कार्यक्रम सञ्चालन, गोष्ठी, सेमिनार सञ्चालन, नाफाको आर्थिक विवरण, जिल्लाव्यापी पहिचान, नियमनकारी निकायसँगको सहकार्य, सञ्जाल विस्तार र पहुँच आदिका कारण चुनौतिहरु अवसरमा बदलिए ।

तपाईको अध्यक्षता कालमा कास्कूनको वित्तीय अवस्था कस्तो थियो ? 

२०७२ चैत्र ५ मा अध्यक्षको कार्यकाल सुरु गर्दा रु.१६ करोड ११ लाख ९४ हजार ९ सय थियो । २०७५ पौष २७ गते अध्यक्षता हस्तान्तरण गर्दा रु.२८ करोड ४७ लाख २७ हजार ९ सय १५ रुपैयाँ थियो ।

केही अविस्मरणीय घटना सम्झनुहुन्छ ?

कास्कूनको सदस्यता विस्तारका क्रममा २०६९ सालमा एउटा संस्थामा गएका थियौं त्यो संस्थाले कास्कूनको विनियम, अडिट रिपोर्ट र सञ्चालकहरुको पृष्ठभूमि एक महिना अध्ययन पश्चात मात्रै सदस्य बन्ने निधो गरेको थियो । 

आफ्नो अध्यक्षताकालका माइलस्टोनहरु के–के हुन भन्ने लाग्छ ?

सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, अभियान, कर्मचारी र सदस्यहरुको साथ सहयोगको बलमा तालिम शिक्षाको सुरुवात गर्नेदेखि, मुख्य कार्यालय चावहिलमा स्थापना गर्ने, सदस्य संस्थालाई लाभांश वितरण सुरु (घाटाको बजेट नाफामा), सेवा कार्यालय विस्तार, आक्रमक रुपमा सदस्यता विस्तार, भौगोलिक र आपसी सहमतिबाट समावेशी सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्वाचित गरिनु लगायत माइलस्टोन थिए भन्ने लाग्छ । 

संस्थागत सामाजिक उत्तरदायित्वतर्फ तपाईको कार्यकालमा के कस्ता कामको जग बस्यो ?

रक्तदान कार्यक्रम, समसामयिक राष्ट्रिय एजेन्डाहरुमा सेमिनार तथा गोष्ठी सञ्चालन र सहकारी अभियन्ता सम्मान कार्यक्रमको सुरुवात गर्यौं ।

कास्कूनमा आबद्ध पुराना संस्थाहरु कुन कुन हुन् ?

सगुन सहकारी संस्था लि., नेपाल सहकारी संस्था लि., यती बचत तथा ऋण सहकारी संस्था लि., नवक्षितिज सहकारी संस्था लि., नेपाल सहकारी वित्तीय संस्था लि., हिमालय सहकारी संस्था लि., युनाइटेड बचत तथा ऋण सहकारी संस्था लि., नेशनल कोअपरेटिभ लि. र अमरावती सहकारी संस्था लि. कास्कून आबद्ध पुराना संस्था हुन् ।

एउटा सहकारी संघ बलियो हुन के कस्ता कुराहरु आवश्यक हुन्छ भन्ने लाग्छ ?

प्राथमिक विषय संस्थागत सुशासन हो । त्यस्तै, आर्थिक सक्षमता, अनुभवी र कर्मठ कर्मचारी, सदस्य सुविधा, विश्वसनीयता, समावेशी सञ्चालक समिति, क्षेत्रीय समावेशीकरण, संघहरुबीच समन्वय, सहकार्य र साझेदारी, नियमनकारी निकायसँगको हार्दिक सम्बन्ध, सदस्य सेवा केन्द्र विस्तार, ब्राण्ड निर्माण र प्रवद्र्धन, आवधिक योजना, अनुगमन र मुल्यांकन, बहस पैरवी आदिको उचित समिश्रण हुनुपर्दछ भन्ने लाग्छ । बलियो सहकारी संघ बलियो टीमको बलमा निर्माण हुन्छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप