कर्मचारीहरूका लागि टुगा आस्था विकासको डिजिटल सेवा तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्मचारीहरूका लागि टुगा आस्था विकासको डिजिटल सेवा तालिम 

काठमाडौं । टुगा आस्था विकास साकोस, ओमसतिया–१, रुपन्देहीको आयोजनामा कर्मचारीहरुका लागि डिजिटल सेवा प्रयोग सम्बन्धी एक दिवसीय तालिम सम्पन्न भएको छ । कर्मचारीहरुलाई साकोसको डिजिटल सेवा प्रवाहमा अभ्यस्त बनाउन, प्राविधिक समस्या पहिचान र समाधानमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको साकोसले जनाएको छ । 

उच्चस्तरको मोबाइल एप प्रयोगमा ल्याएसँगै साकोसले सदस्यहरुलाई मोबाइल बैकिङ्गबाट वित्तीय कारोबार देखि सुझाव, सल्लाह र जिज्ञासा संकलन तथा सूचना प्रवाह गर्न सकिने बिधि बारे कर्मचारीलाई प्रशिक्षित गरिएको जनाएको छ ।  

हाल कुल सदस्यको ५६ प्रतिशत सदस्यहरु मोबाइल एपमा जोडिएकोले सस्था कै मोबाइल एप अप्रेसन प्रमुख आस्थाश्री सेवाकेन्द्र प्रवन्धक लक्ष्मण काउचाले सबै सहभागी कर्मचारीहरुलाई प्रयोगात्मक बिधिबाट प्रशिक्षण प्रदान गर्नुभएको थियो भने सहभागीबाट राखिएको प्राविधिक जिज्ञासा तथा थप नयाँ प्रविधि बारे मोबाइल एप प्रदायक संस्थाका प्रतिनिधि सुमित पराजुलीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा साकोसका मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाले सहभागी कर्मचारी सहपाठीहरुलाई सदस्यहरुलाई वित्तीय सेवा दिएर मात्रै सन्तुष्टि बनाउछु भन्ने अवधारणा पुरानो भएकोले प्रतिस्पर्धी वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धा गर्न गुणस्तरीय सेवाको लागि व्यवसायिक कर्मचारी बन्नु पर्ने आवश्यकता औल्याउदै सदस्य सेवा व्यवस्थापन सम्वन्धी सीपमूलक अनुशिक्षण दिनुभएको थियो । 

कार्यक्रमको समापन सत्रमा बिशेष अतिथिको रुपमा उपस्थित संस्थाका अध्यक्ष डी.बि. थापाले सिकाइको कुनै सिमा नहुने भएकोले निरन्तर सिकाइको क्रममा साकोस अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो । अहिलेको आधुनिक युगमा डिजिटल माध्यम अतिनै उपयुक्त रहेकोले सँगसँगै हिड्न सकिएन भने पछाडी परिने तर्फ इंगित गर्दै अध्यक्ष थापाले तालिमबाट प्राप्त सिकाइले आगामी दिनहरुमा साकोसका करिब ६ हजार भन्दा बढी सदस्यहरुमाझ प्रविधिमार्फत सहज वित्तीय सेवा उपलब्ध गराउन कर्मचारीहरु सक्षम बन्ने विश्वास व्यक्त गर्नुभयो । 

साकोसमा कार्यरत सबै १९ जना व्यवस्थापन कर्मचारी उपस्थित भएको कार्यक्रमको अध्यक्षता प्रमुख प्रवन्धक लक्ष्मण कुमार थापाको, स्वागत मन्तव्य सेवाकेन्द्र प्रवन्धक ऋषिराम घर्तिमगरको र कार्यक्रम संचालन सेवाकेन्द्र प्रवन्धक लक्ष्मण काउचाको रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप