राष्ट्रिय गोष्ठीमा सहभागी पठाउन सदस्य संघ संस्थाहरूलाई नेफ्स्कूनको आव्हान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय गोष्ठीमा सहभागी पठाउन सदस्य संघ संस्थाहरूलाई नेफ्स्कूनको आव्हान

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा यही जेठ २९ र ३० गते हुन गइरहेको चौथो साकोस शिखर गोष्ठीमा सहभागी पठाउन संघद्वारा सदस्य संघ संस्थाहरुका लागि आव्हान गरिएको छ । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले विश्वव्यापी कोभिड महामारीका कारण २०७७ र २०७८ मा राष्ट्रिय गोष्ठी आयोजना गर्न नसकिएकाले यस बर्ष  “दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि (Shared technology for sustainable and integrated network)” भन्ने मुल भाव र संकल्प सहित चौथो साकोस समिटको आयोजनालाई निरन्तरता दिई बचत तथा ऋण सहकारी अभियान र सरोकारवालाहरुको तर्फबाट प्रभावकारी र क्रियाशिल सहभागिता सहित उपलब्धीमूलक सिकाई हासिल हुने अपेक्षा लिइएको बताउनुभएको छ ।

संघले आफ्नो स्थापनाकाल देखि नै नेपालको साकोस अभियानको प्रवर्धन, विकास, व्यावसायिकरण, गुणस्तर सुनिश्चितता र सञ्जाल व्यवस्थापन जस्ता कार्य गर्दै आइरहेको छ । संघले विगत दश बर्षदेखि प्रत्येक बर्ष फरक विषय र क्षेत्रमा केन्द्रित रही राष्ट्रिय गोष्ठीको आयोजना गरिरहेको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय असल अभ्यासहरुको आन्तरिकीकरण र विद्यमान चुनौतिहरुको सामना गर्न साझा बुझाई सहित मार्ग पहिचानका लागि यस्ता गोष्ठीहरु महत्वपूर्ण मञ्चको रुपमा रहँदै आएका छन् ।

विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयविज्ञहरु मार्फत प्रस्तुतीकरण र साझा बुझाइका साथ अभियानको साझा सकल्प तयार गरिने अभ्यासले संघ र समग्र अभियानलाई नै दिशानिर्देश गर्ने अपेक्षा संघले लिएको छ । 

समिटको उद्देश्य 

साकोस अभियानका महत्तम उपलब्धीहरुको आदान प्रदान गर्न साझा मञ्चको विकास हुने, 
वित्तीय सहकारीहरुमा एकरुपता कायम गर्न डिजिटाइजेशनको लागि नयाँ प्रविधिहरुको अनुकरण एवम् हस्तान्तरण गर्ने,
साकोस सञ्जाल भित्र सद्भावपूर्ण सहकार्य र उत्थानशिलता विकासका लागि योजना निर्माणमा साझा बुझाई विकास हुने, 
वित्तीय सहकारीहरुको समावेशी एवम् स्मार्ट सेवा सुनिश्चित गर्ने । 

संघले २०६८ सालमा प्रथम साकोस समिट आयोजना गरी सोबाट प्राप्त सिकाई एवम् उपलब्धिलाई हृदयगम गर्दै प्रत्येक तीन बर्षमा शिखर गोष्ठी  सञ्चालन गर्दै आइरहेको छ । दोस्रो साकोस समिट २०७१ र तेस्रो समिट २०७५ जेठ २४ र २५ गते सम्पन्न भएको थियो । दोस्रो र तेस्रो समिटले जारी गरेका घोषणापत्रहरुलाई पछ्याउँदै संघले आफ्ना वहस पैरवीलाई निरन्तरता दिँदै सुशासित र व्यवस्थित साकोस विकासमा लागिरहेको छ भने चौथो समिटको आयोजना तयारीमा जुटिरहेको छ ।

जेठ २९ र ३० गते आयोजना हुने गोष्ठी द सोल्टी होटल ( होटल सोल्टी क्राउन प्लाजा) मा विहान ८ देखि ५ बजेसम्म सञ्चालन हुनेछ । सीट सिमित छ । पहिलो आउनेलाई पहिलो प्राथमिकता छ । सहभागिता सम्बन्धी विस्तृत जानकारी र सहभागी दर्ताको लागि संघको वेबसाइर्टट www.nefscun.org.np भिजिट गर्न अनुरोध गरिएको छ ।

समिटमा नेपालको आर्थिक विकास एवम् सहकारी क्षेत्रमा योगदान गर्नुहुने विज्ञ साथै विश्वका सफल बचत तथा ऋण सहकारी अभ्यासमा क्रियाशिल व्यक्तिहरुबाट कार्यपत्रहरु प्रस्तुत हुनेछन् । दुइ दिवसीय उक्त गोष्ठीमा दुई वटा सामुहिक सत्र र आठ वटा ब्रेकआउट सत्र गरी जम्मा १० सत्र सञ्चालन गरिनेछ । 

चौथो समिटले नेपालको साकोस अभियानलाई सशक्त, सञ्जालिकृत, गुणात्मक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास संघले लिएको छ । 

नेफ्स्कून नेपालका बचत तथा ऋण सहकारी संस्था, जिल्ला बचत तथा ऋण सहकारी संघ र प्रदेश बचत तथा ऋण सहकारी संघहरुको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने एक मात्र केन्द्रीय संघ हो । संघमा हाल नेपालका ७६ जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने ६३ जिल्ला बचत संघ सहित करिब ४३०० बचत तथा ऋण सहकारी संस्थाहरु मार्फत ३५ लाख व्यक्तिगत सदस्यहरु रहेको यस केन्द्रीय संघ विगत २०५३ (सन् १९९६) सालदेखि राष्ट्रिय सहकारी महासंघ, २०५५ (सन् १९९८) सालदेखि एशियाली ऋण महासंघ (ACCU), २०७५ (सन् २०१८) सालदेखि विश्व ऋण परिषद् (WOCCU) को सदस्य हुँदै सहकारी अभियानको विश्व सञ्जालमा क्रियाशिल रहेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप