पोखरा रोयल साकोसको दुई दशक यात्रा, प्रविधिमैत्री वित्तीय सेवामा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल साकोसको दुई दशक यात्रा, प्रविधिमैत्री वित्तीय सेवामा जोड

कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले दुई दशक यात्रा सफलताका साथ पुरा गरी जेठ ८ गतेबाट २१औं बर्ष प्रवेश गरेको छ । 

दुई दशक यात्रामा पोखरा रोयल साकोसले संस्थागत सुशासन कायम गर्दै वित्तीय रुपमा अब्बल र प्रविधिमैत्री सहकारी संस्थाको पहिचान बनाउन सफल भएको छ ।

सुखी सदस्य र दिगो सहकारी बनाउने परिकल्पनाका साथ अघि बढेको पोखरा रोयलले सहकारी क्षेत्रमा एउटा नेतृत्वदायी संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । ८ हजार ३ सय १३ जना सदस्यहरु माझ सहज वित्तीय उपलब्धता पुर्याउँदै आएको साकोसको कूल सम्पत्ती २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । 

संस्थाका अध्यक्ष रुद्र कुमारी गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ्गले स्थापना दिवसका अवसरमा संयुक्त विज्ञप्ति जारी गर्दै सम्पूर्ण सदस्य, सञ्चालक समिति, कर्मचारी, नियामक निकाय लगायतमा शुभकामना व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिस्पर्धी तथा तरल वित्तीय बजार, कोरोना महामारीले तहसनहस बनाएको व्यावसायिक क्षेत्रको अवस्था र विविध समस्याका बावजुद सदस्य सेवा र सहकारी अभियानलाई जीवन्त बनाईराख्न संस्थाले निरन्तर सकारात्मक र अग्रणी भूमिका खेलेको हामीले महशुस गरेका छौं ।’

परिवर्तित समयपरिवेश र सदस्यहरुको मागलाई सम्बोधन गर्दै साकोसले प्रविधिमैत्री वित्तीय सेवामा जोड दिँदै आएको छ । साकोसले एटिएम सेवा, मोबाईल बैंकिङ, क्यूआर कोड, एसएमएस बैंकिङ लगायतका सेवा विस्तार गरेको छ ।

आगामी दिनमा सेवाहरु अझ प्रतिस्पर्धी र सयम सापेक्ष बनाउँदै युवा केन्द्रित, ग्रामिण क्षेत्र केन्द्रित र बैंकिङ पहुँचभन्दा बाहिर भएका नागरिक केन्द्रित सेवा विस्तार गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख छ । आगामी वर्ष थप सफलता र सदस्य मुखी कार्यक्रम ल्याउने समेत प्रतिवद्धता साकोसले जनाएको छ । सन्तुष्ट सदस्य, बचतको सुरक्षा, बलियो जगेडा कोष, सुशासनयुक्त र सदस्य केन्द्रित सेवा संस्थाको प्रमुख प्राथमिकता सहित नेपालको अग्रणी र सफल सहकारीको पहिचान बनाउँदै सदस्यहरु माझ निरन्तर सेवामा रहिरहने प्रतिवद्धता विज्ञप्ति मार्फत जाहेर गरिएको छ ।

 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप