पोखरा रोयल साकोसको दुई दशक यात्रा, प्रविधिमैत्री वित्तीय सेवामा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल साकोसको दुई दशक यात्रा, प्रविधिमैत्री वित्तीय सेवामा जोड

कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले दुई दशक यात्रा सफलताका साथ पुरा गरी जेठ ८ गतेबाट २१औं बर्ष प्रवेश गरेको छ । 

दुई दशक यात्रामा पोखरा रोयल साकोसले संस्थागत सुशासन कायम गर्दै वित्तीय रुपमा अब्बल र प्रविधिमैत्री सहकारी संस्थाको पहिचान बनाउन सफल भएको छ ।

सुखी सदस्य र दिगो सहकारी बनाउने परिकल्पनाका साथ अघि बढेको पोखरा रोयलले सहकारी क्षेत्रमा एउटा नेतृत्वदायी संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । ८ हजार ३ सय १३ जना सदस्यहरु माझ सहज वित्तीय उपलब्धता पुर्याउँदै आएको साकोसको कूल सम्पत्ती २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । 

संस्थाका अध्यक्ष रुद्र कुमारी गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ्गले स्थापना दिवसका अवसरमा संयुक्त विज्ञप्ति जारी गर्दै सम्पूर्ण सदस्य, सञ्चालक समिति, कर्मचारी, नियामक निकाय लगायतमा शुभकामना व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिस्पर्धी तथा तरल वित्तीय बजार, कोरोना महामारीले तहसनहस बनाएको व्यावसायिक क्षेत्रको अवस्था र विविध समस्याका बावजुद सदस्य सेवा र सहकारी अभियानलाई जीवन्त बनाईराख्न संस्थाले निरन्तर सकारात्मक र अग्रणी भूमिका खेलेको हामीले महशुस गरेका छौं ।’

परिवर्तित समयपरिवेश र सदस्यहरुको मागलाई सम्बोधन गर्दै साकोसले प्रविधिमैत्री वित्तीय सेवामा जोड दिँदै आएको छ । साकोसले एटिएम सेवा, मोबाईल बैंकिङ, क्यूआर कोड, एसएमएस बैंकिङ लगायतका सेवा विस्तार गरेको छ ।

आगामी दिनमा सेवाहरु अझ प्रतिस्पर्धी र सयम सापेक्ष बनाउँदै युवा केन्द्रित, ग्रामिण क्षेत्र केन्द्रित र बैंकिङ पहुँचभन्दा बाहिर भएका नागरिक केन्द्रित सेवा विस्तार गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख छ । आगामी वर्ष थप सफलता र सदस्य मुखी कार्यक्रम ल्याउने समेत प्रतिवद्धता साकोसले जनाएको छ । सन्तुष्ट सदस्य, बचतको सुरक्षा, बलियो जगेडा कोष, सुशासनयुक्त र सदस्य केन्द्रित सेवा संस्थाको प्रमुख प्राथमिकता सहित नेपालको अग्रणी र सफल सहकारीको पहिचान बनाउँदै सदस्यहरु माझ निरन्तर सेवामा रहिरहने प्रतिवद्धता विज्ञप्ति मार्फत जाहेर गरिएको छ ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप