साकोसमा तरलता संकट न्यूनीकरणका रणनीतिहरू
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसमा तरलता संकट न्यूनीकरणका रणनीतिहरू

तरलता भन्नाले सामान्य अर्थमा बचत कर्ता सदस्यले मागेको बखत बचत फिर्ता दिने सक्ने क्षमता नै तरलता हो । तरलता भन्नाले सम्पत्तिको वहनशीलतलाई क्षय हुन नदिई नगदमा परिणत गर्न सकिने गुण हो अर्थात् चालु दायित्वहरु भुक्तानीका लागि तयारी अवस्थामा राखिएका सम्पूर्ण नगद तथा बैंक मौज्दातहरुलाई तरलता भनिन्छ । तरल लगानीको रुपमा बैंक तथा संघहरुमा राखिएको बचत जुन १ दिन भित्र फिर्ता गर्न सकिने गरी व्यवस्थापन गरिएको मौज्दात एवं संस्थाको ढुकुटीमा रहेको नगद मौज्दात नै तरलता हो । तरलता एउटा सम्पत्तिबाट अर्को सम्पत्तिमा परिर्वतन गर्न सकिने बैंक मौज्दातबाट ऋण लगानी एवं सम्पत्ति खरिद गर्न सकिने रकम नै तरलता हो । 

तरलताको मुख्य अभिप्राय भनेको नै सहजै रुपमा सदस्य वा बचत कर्ताको बचत फिर्ता दिन सक्नु र माग बमोजिमको ऋण लगानी गर्न सक्नु हो ।

तरलता व्यवस्थापनमा विभिन्न वित्तीय लगानी गर्न, सम्पत्ति खरिद गर्न , ऋण लगानी गर्न, खर्चहरु गर्न साकोसले केही हद सम्म नियन्त्रण त गर्न सकिन्छ भने बचत फिर्ता चाही अनियन्त्रीत प्रकारको हुन्छ किनभने बचत बचत कर्ताले मागेको बखतमा नियमानुसार व्याज सहित फिर्ता गर्नेछु भनेर नासोको रुपमा राखिएको रकमलाई नियन्त्रण गर्न सकिदैन यदि नियन्त्रीत गर्ने कोसिस गर्दा नै साकोस प्रति नकारात्मक भाव पैदा हुन जान्छ । त्यसैले साकोसले जहिले एवं जुनसुकै परिस्थितिमा पनि तरलता व्यवस्थापन गर्न पल्र्स अनुगमन प्रणाली अनुरुप नगद मौज्दात र बैंक मौज्दात बाट १ महिना भित्र भुक्तानी दिनुपर्ने रकम घटाई बाँकी मौज्दातलाई जम्मा बचतको १५ देखी २५ प्रतिशत सम्म हुनेगरी र कुल सम्पत्तीको हिसावबाट १० देखी २० प्रतिशत सम्म तरलता व्यवस्थापन गनुपर्ने हुन्छ । 

साकोसमा तरलता संकट हुने मुख्य अवस्थाहरु

  • नगद तथा बैंक मौज्दात मापदण्ड बमोजिम कम हुदाँ बचत फिर्ता, ऋण लगानी र खर्चहरुको माग बढ्दै जानु । 
  • नगद तथा बैंक मौज्दात बढि हुनु सोही समयमा बचत र शेयर पुँजी बृद्धि हुनु र ऋण लगानी तथा वित्तीय लगानीको अवसर कम हुनु पनि तरलता संकट हो । 

सहकारी, बैंक तथा वित्तीय क्षेत्रमा तरलता संकट भएमा देखिने लक्षण तथा संकेतहरु      

  • सदस्यहरुको बचत गर्ने क्षमतामा कमी आउने ।
  • सदस्यहरुको ऋण लगानीको असुलीमा कमजोर हुने अवस्थाले भाखा नाघेको ऋण बढ्दै जाने ।
  • सहकारी, बैंक तथा वित्तीय संस्थाहरुमा भौतिक नगदको अभाव हुने । 
  • तरलता संकट भई बचत फिर्तामा आनाकानी गर्ने । 
  • ऋण लगानी कमी गर्दै लगानी नगर्ने ।
  • व्याजदर बृद्धि हुदै जाने । 
  • रेमिट्यान्समा कमी आउने । 
  • बस्तु तथा समानहरुको मुल्य बृद्धि हुदै जाने । 

साकोसमा तरलता संकट न्यूनीकरणका रणनीतिहरु

  •  वित्तीय संरचना एवं पर्ल्स मापदण्ड अनुसारका सूचकहरुलाई नियमित रुपमा पालना गर्दै जाने ।
  • नियमित लाई कुल बचतको ३३ प्रतिशत भन्दा बढि कायम गर्न आवश्यक कार्यहरु तथा प्रोत्साहन गर्ने ।
  • दिर्घकालीन दायित्व र चालु दायित्वहरुलाई सदैब ६०÷४० को हाराहारी अनुपातमा वित्तीय सूचक कायम गर्दै जाने । 
  • कम्तिमा २५ प्रतिशत शेयर सदस्यहरुलाई औषत शेयर खरिद गर्न प्रोत्सानका कार्यक्रमहरु गर्ने । 
  • ऋण लगानी गर्दा एक सदस्यलाई बढिमा प्राथमिक पूँजीकोषको १० प्रतिशत सम्म मात्र ऋण लगानी गर्ने ।
  • उत्पादनशिल क्षेत्र, छिट्टै उत्पादन हुने क्षेत्र कृषि तथा पशुपालन, व्यापार व्यवसाय क्षेत्रमा बढि ऋण लगानी गर्ने । 
  • सदस्यता बृद्धिमा जोड दिने नयाँ सदस्यता नयाँ बचत खाताहरु ।
  • भाखा नाघेका ऋण असुलीका लागि सदस्यहरु सँग निरन्तर सम्र्पकमा रही समन्वय गर्ने । 
  • प्रविधिहरुको उच्चतम प्रयोग गर्ने जस्तै मोवाइल एप बैंकिङ, क्युआर कोड , ए.टि.एम, कनेक्ट आइपिएस आदि । 
  • रेमिट्यान्स भित्र्याउन विषेश कार्ययोजना बनाई प्राथमिकीकरण गर्ने व्याजदर तथा सहजीकरण । 
  • साकोसमा तरलता बढि हुदा एवं सहज हुदाँ १ वर्ष भन्दा बढिको आवधिक बचत स्वीकार गर्ने । 
  • तरलता संकट हुदाँ छोटो अवधिको बचत ग्रहण गर्ने जस्तै १ महिने, ३ महिने, ६ महिने आदि यसबाट व्याजदरको जोखिम न्यूनिकरण हुन्छ भने तरलता सहज हुन्छ । 
  • प्राकृतिक प्रकोप, भूकम्प, महामारीले प्रभावित ऋणी सदस्यहरुलाई भाखा नाघेको ऋण असुलीका लागि विलम्व शुल्क÷हर्जना छुट तथा मिनाहको योजना लागु गर्ने । 
  • तरलता व्यवस्थापनका लागि छोटो अवधिको लागि बाह्य ऋण ग्रहण गर्ने । 
  • संस्थाहरु एकीकरणको कार्य गर्ने ।

तरलता बढि र कम हुनु भनेको दुवै संस्थाको लागि जोखिमको स्थिती हो उक्त तरलता जोखिम निमिट्यान्न पार्न त सकिदैन तर पनि यसलाई व्यवस्थित गर्न भने अवश्य सकिन्छ । कुशलतापूर्वक गरिएको तरलता जोखिमको व्यवस्थापनले साकोसको विश्वसनियता र दिगोपनाको सुनिश्चितता प्रत्याभूत गर्दछ भने समग्र वित्तिय क्षेत्रको स्थायित्व समेत कायम गर्न सहयोग पुग्दछ । 
 
भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप