साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजना तथा जिविका कार्यक्रम अन्तर्गत रोजगारी सर्भिसको सहकार्यमा साकोसमा कार्यरत नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम ((Cashier and Receptionist Capacity Enhancement Training)  आज सम्पन्न भएको छ ।

तालिमको समापन सँगै नेफ्स्कूनका वित्त तथा सामान्य सञ्चालन विभाग प्रमुख राधेश्याम श्रेष्ठ र रोजागारी सर्भिसका व्यवसाय निर्देशक संजिव निरौलाले सहभागीहरुलाई तालिमको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।  

दुई दिनको तालिम पश्चात सहभागी कर्मचारीहरुले १५ दिन कार्यरत साकोसमा अन द जव ट्रेनिङ समापन गरेसँगै पूर्णकालिक कर्मचारीको रुपमा नियुक्त हुने प्रावधान सहित तालिम सञ्चालन भएको रोजगारी सर्भिसका व्यवसाय निर्देशक संजि निरौलाले जानकारी गराउनुभयो । उहाँले जिविका कार्यक्रम अन्तर्गत विशेष गरी महिलालाई लक्षित गरेर १५ दिनको तालिम सञ्चालन गर्दै आइरहेको र तालिम पश्चात कुनै पनि संघ संस्थामा कर्मचारीको रुपमा प्रवेश गराउने गरेको पनि जानकारी गराउनुभयो । 

दुइ दिवसीय उक्त तालिममा काठमाडौं, ललितपुर र भक्तपुर मा सञ्चालित साकोसमा व्यवस्थापन प्रशिक्षार्थीको रुपमा कार्यरत नगद परिचालक तथा रिसेप्सनिष्ट गरी २७ जनाको सहभागिता रहेको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण नेफ्स्कूनकी व्यवसाय सहायक सरस्वती वाग्लेले गर्नुभएको थियो ।  

तालिमबाट प्राप्त ज्ञान सीपले कायक्षमतामा बृद्धि हुने विश्वास  

तालिममा सहभागी बालकुमारी बचत तथा ऋण सहकारी संस्थाका रिसेप्सनिष्ट प्रलिन श्रेष्ठले सहकारीमा काम गर्न निकै सहज हुनेखालका ज्ञान सीप तालिमबाट प्राप्त भएको बताउनुभयो । काम गर्ने दौरानमा ससाना विषयहरुमा पनि गल्ति भइरहेको कुरा तालिमबाट सिक्न सकिएको उहाँले बताउनुभयो । 

दक्षिणबाराही महिला साकोसकी व्यवस्थापन प्रशिक्षार्थी नागिना श्रेष्ठले जीवनमा पहिलो पटक तालिममा सहभागी भएको बताउनुभयो । उहाँले सहकारीका सदस्यहरुसँग कस्तो व्यवहार गर्ने, क्यास काउन्टर कसरी ह्याण्डिल गर्ने भन्ने विषयमा तालिममा राम्रो ज्ञान पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापन प्रशिक्षार्थी (रिसेप्सनिष्ट) शर्मिला दाहालले आफ्नो पहिलो तालिम रहेको बताउनुभयो । सहकारीका सदस्यसँगको व्यवहार कस्तो हुनुपर्ने, काउन्टरमा बस्ने कर्मचारीले के के कुरामा ध्यान दिनुपर्ने लगायतका विषयहरुलाई मसिनो सँग जानकारी लिन पाएको र यसले सहकारीमा काम गर्न उत्प्रेरित गरेको उहाँले बताउनुभयो । 

त्यसैगरी काठमाडौंको जडिबुटीस्थित एकीकृत साकोसकी व्यवस्थापन प्रशिक्षार्थी प्रतिभा नेपालले नगद परिचालकको रुपमा रहेर काम गर्दा सदस्यको मनोभावना बुझेर कुरा गर्नुपर्ने, उहाँहरुको जिज्ञासाप्रति सम्यमित भएर नझर्किकन जवाफ दिनुपर्ने जस्ता विषय कर्मचारीको प्रमुख गुण भित्र पर्ने तालिमबाट सिकेको बताउनुभयो ।  

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप