ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । ललितपुरको महालक्ष्मी नपा–९, लामाटारमा रहेको ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । साकोसका उपाध्यक्ष गणेश प्रसाद घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु रहनुभएको थियो । 

प्रमुख अतिथि कोषाध्यक्ष पनेरुले साकोस सुदृढीकरणका लागि नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) पहिलो खुड्कीलो भएको प्रस्ट पार्नुभयो । साकोस सञ्चालनमा सुशासन महत्वपूर्ण विषय हो उहाँले भन्नुभयो, “कोभिड महामारीको प्रभावले केही चुनौतिहरुको सामना गर्नुपरेपनि अब स्थिति सकारात्मक रहेकोले सदस्य केन्द्रीत सेवा प्रवाहसँगै संस्थागत सुधार र गुणस्तर सुनिश्चिततालाई विशेष ध्यान दिनुपर्ने बेला आएको छ ।” नेफ्स्कून सदस्य संस्थाको हित र संरक्षणका लागि सदैब सरकार र  विभिन्न सरोकारवाला निकायहरुसँग समन्वयकारी भूमिकामा रहदै आएको पनि उहाँले जानकारी गराउनु भयो । साकोसहरुले पनि सहकारी कर्मबाट सदस्यहरुको जीवनस्तरमा आएको परिवर्तन र उपलब्धी को समिक्षा गर्नु पर्ने बेला भएको छ, उहाँले भन्नुभयो । 

कार्यक्रमको समापन सत्रमा आयोजक संस्थाका अध्यक्ष राम शरण घिमिरेले नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमले संस्थालाई नियमित कानुनी परिपालना र सदस्य हितमा काम गर्न मार्ग निर्देशन गरेको बताउदै नेफस्कूनले सबै बचत ऋण सहकारीलाई नेफ्स्कूनमा आवद्ध गराएर सहकारी सञ्चालनमा नीति र विधिगत एकरुपता कायम गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अष्ट मातृका साकोस, नब दुर्गा साकोस, दिपावती साकोस, समता साकोस, जागरुक महिला साकोस, पुश्पान्जली साकोस, शिक्षक हित साकोस र आयोजक संस्था ब्रह्म पुरी साकोसको प्रस्तुती र असल सिकाई अभ्यास आदान प्रदान भएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप