युनिकको १५औं स्थापना दिवस, भवन उद्घाटन सहित विविध सामाजिक क्रियाकलाप 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
युनिकको १५औं स्थापना दिवस, भवन उद्घाटन सहित विविध सामाजिक क्रियाकलाप 

चितवन । युनिक बचत तथा ऋण सहकारी संस्था लि. रत्ननगर चितवनले विविध सामाजिक क्रियाकलापसहित आफ्नो १५औं स्थापना दिवस मनाएको छ । जेठ १० देखि १२ गते सम्म सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सहित नवनिर्मित भवनको उद्घाटन, नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई सम्मान तथा सहकारीको विकास र प्रवर्धन विषयक अन्तक्र्रिया कार्यक्रम गरि दिवस मनाइएको साकोसका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले जानकारी गराउनुभयो । 

साकोसका अध्यक्ष प्रेमकृष्ण खनालको अध्यक्षतामा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाले साकोसको पाँचतले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका प्रतिनिधि एवम् कानून अधिकृत प्रकाश चापागाईं र अतिथिहरुमा नेफ्स्कूनकी सञ्चालक विद्या कोइराला, निवर्तमान कोषाध्यक्ष केशव प्रसाद पोखरेल, चितवन जिल्ला बचत संघका अध्यक्ष हरिशचन्द्र सुवेदी, पूर्व बरिष्ठ सहकारी अधिकृत केशव बहादुर थापा हुनुहुन्थ्यो । 

सामाजिक कार्यक्रम अन्तर्गत साकोसले जेठ १० र ११ गते मानवसेवा आश्रम नारायणगढमा आश्रितहरुलाई र देवघाटस्थित रोटरी करुणालयमा आश्रित बृद्धबुद्धाहरुलाई भोजन गराएको थियो । 

कार्यक्रममा रत्ननगर नगरपालिकाका नवनिर्वाचित मेयर प्रल्हाद सापकोटा, उपमेयर यादब पाठक तथा वडा अध्यक्ष र वडा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो भने साकोस भवन निर्माण समितिका संयोजक रघुनाथ भट्ट, सदस्यहरु यादवप्रसाद पाठक, केशवलाल कर्माचार्य, इन्द्रप्रसाद पाध्य पौडेल, केदारनाथ अधिकारी, इन्द्रप्रसाद बजगाईं, सोहेन्द्रराज खरेल, शालिग्राम पराजुली र सदस्यसचिव मेघनाथ लामिछानेलाई सम्मान गरिएको थियो । 

२०६५ सालमा स्थापना भएको युनिक साकोसको कुल सम्पती १ अर्ब ८९ करोड ३७ लाख, शेयर पुँजि १४ करोड ८९ लाख, जगेडा कोष १२ करोड १३ लाख, ऋण जोखिम कोष ५ करोड ६७ लाख, बचत संकलन १ अर्ब ४९ करोड १२ लाख, ऋण लगानी १ अर्ब ३६ करोड ५७ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले जानकारी गराउनुभयो । साकोसको नवनिर्मित भवन सम्पन्न गर्न ३ करोड १९ लाख लगानी लागेको साकोसले जनाएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप