चितवन । भरतपुर महानगरपालिका १६, गाविस चोक स्थित मंगलपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC) काभ्रेको पनेपामा आजबाट सुरु भएको छ । तालिमको उद्घाटन साकोसका अध्यक्ष एवम् तालिम शुभारम्भ कार्यक्रमका सभापति बाबुराम परियारले गर्नुभएको थियो ।
साकोसको आयोजनामा भएको तालिममा नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको छ । तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारी समेत गरी १८ जनाको सहभागिता छ । जेठ १२ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ ।
तालिम कार्यक्रममा साकोसका उपाध्यक्ष रामशरण पण्डितले स्वागत मन्तव्य र लेखा समिति संयोजक सुदिप पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने व्यवस्थापक रामजी घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
८ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
३६ दिन अगाडि
२५ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
२८ दिन अगाडि
१० दिन अगाडि
४१ दिन अगाडि