सहकारीमा नीति, विधि र उच्च तहको प्रविधि अवलम्वन गर्ने प्रतिबद्धता, १२ बुँदे धादिङ घोषणापत्र जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा नीति, विधि र उच्च तहको प्रविधि अवलम्वन गर्ने प्रतिबद्धता, १२ बुँदे धादिङ घोषणापत्र जारी

काठमाडौं । धादिङ बचत तथा ऋण सहकारी संघ लि.को आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा धादिङबेशीमा जिल्ला स्तरीय सहकारी सम्मेलन आज सम्पन्न भएको छ । जिल्लामै पहिलोपटक आयोजना भएको जिल्ला स्तरीय सहकारी सम्मेलन सहकारीमा नीति, विधि र उच्च तहको प्रविधि अवलम्वन गर्ने प्रतिबद्धतासहित १२ बुँदे धादिङ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । 

जिल्ला बचत संघका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना, विशेष अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, नेफ्स्कूनकी निवर्तमान उपाध्यक्ष एव जिल्ला बचत संघकी सल्लाहकार पार्वती खाँड राई, बचत संघका निवर्तमान अध्यक्ष एवम् बेनीघाट रोराङ गाउँपालिकाका उपप्रमुख टाप बहादुर श्रेष्ठ, जिल्लाका स्थानीय नवनिर्वाचित जनप्रतिनिधिहरु सहित जिल्लाका सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको योगदान, भूमिका र जिम्मेवारीको बिषयमा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशका सचिव बलराम निरौलाले सहकारी सञ्चालनका नीतिगत सवालहरु र नियामक निकायको भूमिका बिषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

बर्तमान अवस्थामा सहकारी संस्था सञ्चालनका अवसर र चुनौतीहरुको बिषयमा राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ् सुब्बाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनको दोस्रो सत्रमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारी क्षेत्रको समसामयिक बस्तुस्थिति र नेपालको वित्तीय सहकारी अभियानको मार्गचित्र विषयक प्रस्तुतीकरण गर्नुभएको थियो । 

जिल्लामा क्रियाशिल सहकारी संस्थाहरुको बीचमा सहकारी सञ्चालनको आधारभूत साझा धारणा विकास गर्न, सहकारीका अवसरहरुको पहिचानका लागि सहयोग गर्न र सम्भावित चुनौतीहरुको सामना गर्ने शक्ति विकास गर्ने उद्देश्य सम्मेलनको रहेको संघका अध्यक्ष शर्माले जानकारी गराउनुभयो ।  

कार्यक्रममा जिल्लाका स्थानीय तहका नवनिर्वाचित प्रमुख, उप प्रमुख तथा जनप्रतिनिधिहरुलाई सम्मान, बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

जिल्लाका सबै प्रकृतिका सहकारीमा आवद्ध अध्यक्ष र व्यवस्थापकहरु सहभागी सम्मेलनमा सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा, सहकारी क्षेत्रका अवसर र चुनौती, सहकारीका अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा त्यसको सम्भावना, सहकारी सम्बन्धी ऐन, कानुन र त्यसमा सुधार गर्नुपर्ने बुँदाहरु जस्ता महत्वपूर्ण विषयहरुमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

जिल्लाका दुईसय भन्दा बढी सहकारीका अध्यक्ष र व्यवस्थापकहरुको सहभागिता रहेको उक्त सम्मेलनले जिल्ला सहकारी अभियानको साझा धारणा तय गरेको छ । जसअन्तरगत सहकारी क्षेत्रलाई नीति, विधि र उच्च तहको प्रविधि अवलम्वन गर्ने, संघ, सहकारी संस्था र स्थानीय सरकारबीच अन्तरसम्बन्ध विकास गरी समुन्नत समाज निर्माणमा सहयोग पुर्याउने, संस्थागत विकास, वित्तीय व्यवस्थापन एवम सुशासनलाई प्रभावकारी कार्यान्वयन गराउने लगायतका बिभिन्न १२ बुँदे घोषणापत्र जारी गरेको छ । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप