गोर्खामा साकोसहरुबीचको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोर्खामा साकोसहरुबीचको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

काठमाडौं । सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लि. गोर्खाको आयोजनामा एक्सेस कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशका ६ साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आज सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

गोर्खामा आयोजित कार्यशालामा स्याङ्जा जिल्लाको उपकार साकोस र सुर्योदय साकोस, कास्कीको जनसेवा साकोस, बाग्लुङको सि वाई सि साकोस र गोर्खाको भिमकुल साकोसका अध्यक्ष र व्यवस्थापकहरुको सहभागिता रहेको थियो । 

आयोजक साकोसका अध्यक्ष तिर्थ नेपालीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा आरूघाट गाउँपालिकाका अध्यक्ष राजु गुरूङ, आरुघाट १० का वडा अध्यक्ष, सांस्कृतिक कार्यक्रम ईनद्रेणीका प्रमुख कृष्ण कडेल, गोर्खा जिल्ला सहकारी संघका सचिव मेन बहादुर अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले स्थानीय निर्वाचन पछिको पहिलो कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुसँग सहकारीको विकास र प्रवर्धनका विषयहरु बारे जानकारी राख्ने अवसरले निकै आशावादी रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीको आधार तहदेखि सबलीकरण र विकासका लागि नेफ्स्कूनले स्थानीय तहसँगको साझेदारीमा सुरु गरेको आधारशिला कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गर्नुभयो । स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी सहकारी मार्फत वित्तीय पहुँच अभिवृद्धि र सदस्यहरुको जीवनस्तरमा सुधार गर्ने अभिप्रायका साथ नेफ्स्कूनको पहलकदमीसँगै स्थानीय तहको साथ सहयोग र समर्थनले निश्चित गति प्राप्त गर्न सहज हुनेमा अध्यक्ष पौड्यालले जोड दिनुभयो ।

उहाँले नेफ्स्कूनले सञ्चालन गरिरहेको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु, साकोसको सुरक्षा कवचको रुपमा रहेको स्थिरीकरण कोष र एकीकृत डिजिटल प्रविधि सेवाको बारेमा जानकारी गराउनुभएको थियो । साथै नेफ्स्कूनको आयोजनामा यही जेठ २९ र ३० गते सञ्चालन हुन गईरहेको साकोस शिखर गोष्ठीको महत्वबारे पनि सहभागीहरुलाई प्रष्ट पार्नुभएको थियो । 

कार्यक्रममा सहभागी साकोस प्रतिनिधिहरुबाट साकोसको संस्थागत तथा वित्तीय अवस्थाबारे आ आफ्नो प्रस्तुतीकरण राख्नुभएको थियो । 

कार्यक्रममा सहभागी विशेष अतिथि, अतिथिहरुले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको समापन संस्थाका सचिवले गर्नुभएको थियो भने नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकालले कार्यक्रम हजीकरण गर्नुभएको थियो । धादिङ फिल्ड कार्यलयका ईन्चार्ज शम्भु प्रसाद घिमिरेले कार्यक्रमको व्यवस्थापन सहजीकरण गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप