धनगढीमा बजार प्रतिनिधिहरुका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनगढीमा बजार प्रतिनिधिहरुका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन

कैलाली ।  धनगढीमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थामा कार्यरत बजार प्रतिनिधिहरुका लागि क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । सहकारी संस्था र सदस्य बीचको सम्बन्धलाई सुमधुर बनाउन र पुलको भूमिकामा रहेका कर्मचारीहरुको व्यवहारलाई सदस्यमैत्री बनाउने उद्देश्य सहित नेफ्स्कूनको आयोजनामा जिल्लाका बजार प्रतिनिधिको रुपमा कार्यरत कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको हो । तालिम जेठ १५ र १६ गते दुई दिन सञ्चालन भएको थियो । 

नेफस्कूनका सञ्चालक माधव प्रसाद जोशीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । उक्त सत्रमा सुदुरपश्चिम प्रदेश बचत संघका सञ्चालक सदस्य हेम राज थापा, नेफ्स्कूनका उप–समिति सदस्य बद्रि प्रसाद भट्टराई, भुपेन्द्र थापा, सुरत बोगटी कैलाली जिल्लाका म्यानेजर क्लबका महासचिव रुद्र खनाल, नेफ्स्कूनका तालिम अधिकृत  रविन्द्र श्रेष्ठ लगायत स्थानीय सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

नेफ्स्कूनका सञ्चालक जोशीले क्षमता अभिबृद्धि तालिमबाट सहभागीहरुले महत्वपूर्ण ज्ञान, सीप आर्जन गरी आफ्नो दक्षता अभिवृद्धि सँगै सहकारीमा तत्काल प्रयोगमा ल्याउने हुँदा प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो । सहकारी र सदस्य बीचको पुलको भूमिकामा रहने बजार प्रतिनिधिहरुले कार्यस्थलमा जोखिम युक्त काम गर्नुपर्ने हुदाँ यस्ता तालिम कर्मचारीहरुको क्षमता विकासमा महत्वपूर्ण रहँदै आएको चर्चा गर्नुभयो । 

उप समिति सदस्य बद्रि प्रसाद भट्टराईले संस्था र सदस्यहरुको आर्थिक विकासलाई दिगो र तीब्र गतिमा अगाडि बढाउन बजार प्रतिनिधिहरुको कार्यक्रमले  निकै नै लाभ हुने बताउनुभयो । अर्का उपसमिति सदस्य भुपेन्द्र थापाले नेफ्स्कूनले प्रदान गर्ने तालिम साकोसमा व्यवहारिक रहेको र सहभागीहरुले दुई दिनमा सिकाई  बाट उच्चतम फाईदा लिई यथाशिघ्र ब्यवहारमा लैजान आवश्यक रहेको बताउनुभयो । 

तालिममा कैलाली जिल्लाका १७ बचत तथा ऋण सहकारी संस्थाबाट ३३ जनाको सहभागिता रहेको थियो । तालिम सहजिकरण संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठ र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कञ्चनपुर फिल्ड कार्यालय इन्चार्ज यम डाँगी र सेवा केन्द्र प्रमुख योगेश बोहराले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप