बनेपामा सञ्चालित मंगलपुर साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC) सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बनेपामा सञ्चालित मंगलपुर साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC) सम्पन्न 

चितवन । भरतपुर महानगरपालिका १६, गाविस चोक स्थित मंगलपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC) काभ्रेको पनेपामा हिजो सम्पन्न भएको छ ।
 
तालिमको समापन समारोहमा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र अतिथिहरुमा बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, प्रदेश बचत संघका प्रमुख कार्यकारी अधिकृत केशव दाहाल, नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहाल र  मंगलपुर साकोसका अध्यक्ष एवम् समापन समारोहका सभापति बाबुराम परियार रहनुभएको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी अभियानको विकास र सुदृढीकरणका लागि प्राविधिक शिक्षा र प्रविधि प्रयोगको आवश्यकतामाथी चर्चा गर्नुभयो । उहाँले वित्तीय कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन डिजिटलाइजेसनमा जानुको विकल्प नरहेको बताउँदै नेफ्स्कूनले निर्माण गरेको एकीकृत प्रविधिमा सम्पूर्ण साकोसहरु सहभागी हुन अनुरोध गर्नुभएको थियो ।

तालिम समापनका क्रममा प्रोस्कूनका अध्यक्ष सापकोटा र प्रमुख कार्यकारी अधिकृत दाहालले साकोसको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो भने साकोसका उपाध्यक्ष रामशरण पण्डितले साकोसको संस्थागत तथा वित्तीय अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

साकोसको आयोजनामा भएको तालिममा नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको थियो । तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारी समेत गरी १८ जनाको  सहभागिता थियो । जेठ १२ देखि १६ गतेसम्म सञ्चालित उक्त तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहाल र तालिम अधिकृत सुमनाराज घिमिरेले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन साकोसका व्यवस्थापक रामजी घिमिरेले गर्नुभएको थियो ।   

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप