‘साकोस समिटमा सहभागी हुन उत्साहित छौं’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोस समिटमा सहभागी हुन उत्साहित छौं’

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले यही जेठ २९ र ३० गते चौथो साकोस शिखर गोष्ठी–२०७९ सञ्चालन गर्दैछ । गोष्ठीमा देशभरबाट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम व्यवस्थापक र अन्य कर्मचारीहरु लगायत वित्तीय सहकारी क्षेत्रका मुख्य सरोकारवाला पक्षहरु, अभियानकर्मी, नियमनकारी निकायका जिम्मेवार अधिकारीहरु, सम्बन्धित सरोकारवालाहरु एवम् विकास साझेदारहरु सहित करिब ६०० जनाको सहभागिता रहनेछ । विगतका बर्षहरुमा सञ्चालित गोष्ठीमा समेत सहभागिता जनाइसक्नुभएका साकोसका व्यवस्थापकहरुसँग साकोस समिटको प्रभावकारिता र अपेक्षा के छ ? भनी साकोस आवाजले गरेको कुराकानीमा आधारित विषयवस्तुलाई यहाँ प्रस्तुत गरिएको छ:

‘समिटबाट सहकारी सञ्चालनका धेरै विषयहरुमा नयाँ ज्ञान प्राप्त हुन्छ’
रमेश श्रेष्ठ
प्रवन्धक, नयाँपाटी साकोस, गोकर्णेश्वर 

साकोस समिट सहकारीकर्मीहरुका लागि धेरै नै महत्वपूर्ण छ । यसले हरेक बर्ष केही न केही नयाँ कुराको ज्ञान दिएको हुन्छ । देशभरका सहकारीकर्मीहरुसँगको एकाकार हुने अवसरले रिफ्रेसमेन्ट पनि हुँदो रहेछ । जिल्ला जिल्लाका उत्कृष्ट सहकारीहरुको सिकाइ आदानप्रदान हुने अवसर मिल्दछ । साकोस समिटमा सहभागी हुन हामी हरेक बर्ष नै उत्साहित हुन्छौं । यसपाली पनि नयाँपाटी साकोसबाट दुई जनाको सहभागिता रहन्छ । कोभिडका कारण गत बर्ष स्थगित भएर यसबर्ष सुरु हुन लागेको गोष्ठी झनै महत्वपूर्ण र उपलब्धीमूलक हुन्छ भन्ने पूर्ण विश्वास छ । 

सहकारीका मूल्य मान्यता र सिन्द्धान्तहरुबारे पुर्नताजगीकरण, नयाँ प्रविधि प्रयोगको अभ्यास, सहकारीका राष्ट्रिय अन्तर्राष्ट्रिय सफल अभ्यास को सिकाइ आदान प्रदान हुने हुँदा यस्ता समिटको महत्व प्रत्येक बर्ष उच्च रहन्छ र हुनुपर्छ भन्ने लाग्छ । साकोस समिट सफलताको शुभकामना व्यक्त गर्दछु ।  

‘सहभागिताका लागि उत्साहित छु’
राधा कडरिया 
व्यवस्थापक, पाँचतारा साकोस - काठमाडौं 

यस पटकको साकोस समिटमा मेरो तेस्रो सहभागिता हुन्छ । गत बर्ष स्थगित भएर यस बर्ष सुरु हुन गइरहेको समिट सहभागिताका लागि उत्साहित छु । समिटबाट सहकारी सञ्चालनका फरक अभ्यास र परिवेशबारे जानकारी प्राप्त हुन्छ । नेपालभित्रै पनि फरक फरक भौगोलिक अवस्थिति, फरक सोच र चाहनाका सदस्यहरु, उनीहरुको आवश्यकताले सहकारी सञ्चालनमा पनि विविधता छ । हामी काठमाडौं जस्तो सहरी परिवेशमा सहकारी सञ्चालन गर्दा यहाँका सदस्यको आवश्यकता र चाहना फरक हुँदो रहेछ । ग्रामिण परिवेशमा त्यो छैन । यस्ता विविध अभ्यास पनि हामीले सहकारी भ्रमणको क्रममा भन्दा समिटको सहभागिताबाट प्राप्त गर्नसक्दा रहेछौं ।

समिटबाट के कति सिक्न सकियो र यसले कार्यप्रभावकारितामा फरक पार्यो पारेन भन्ने कुरा आफैमा निहित हुने हुरा हो । कानुनी परिपालनामा ध्यान दिने, सहकारी मूल्य मान्यता र सिद्धान्तको पालना गर्ने कुरा एकातर्फ छ भने समिटले सहकारीमा नीति, विधि र प्रविधि प्रयोगको एकरुपताका लागि वे–फरवार्ड दिन्छ । नेफ्स्कूनले सञ्चालन गर्ने सबै प्रकारका राष्ट्रिय गोष्ठीहरु (साकोस समिट, सिइओ वर्कसप, महिला गोष्ठी) अति उत्कृष्ट छन् । सबै गोष्ठीले सहकारीको प्रभावकारी व्यवस्थापन र कुशल सञ्चालनका लागि मार्गप्रशस्त गरेको पाउँछु । गोष्ठी सफलताको शुभकामना समेत व्यक्त गर्दछु । 

‘साकोस समिट सहकारीको प्रभावकारी सञ्चालनमा कोशेढुङ्गा हो’
गोपाल दाहाल
प्रमुख कार्यकारी अधिकृत, ज्योति मिर्मिरे सामुहिक साकोस–पनौती

नेफ्स्कूनले आयोजना गर्ने राष्ट्रिय गोष्ठीहरुमा हरेक बर्षजस्तो सहभागी हुँदै आइरहेको छु । गोष्ठीको सहभागिताले मेरो कार्यजीवनमा प्रत्येक बर्ष नयाँ विषयवस्तुको ज्ञान र उर्जा प्राप्त भएको छ । कार्यदक्षता बृद्धि भएको छ भने परम्परागत कार्यशैलीमा परिवर्तन ल्याउन सफल भएको छु । 
गत बर्ष सञ्चालन हुनुपर्ने गोष्ठी कोभिड १९ का कारण स्थगित भएको थियो । संघले यस बर्षको सुरुमै गोष्ठीको आयोजना गर्दैछ भन्ने कुराले उत्साहित थिएँ । गोष्ठी सहभागिताका लागि नाम दर्ता गरेर समयमै आफ्नो सिट पनि सुरक्षित गरिसकेको छु । 

गोष्ठीले सहकारी अभियानमा प्रचलनमा रहेका नीति, विधि जसलाई कार्यसञ्चालनका क्रममा जोड्न मद्दत पुगेको छ । अभियानमा रहेका न्यू मोडलहरुसँग परिचय स्थापित गराएको छ । हरेक बर्ष गोष्ठीमा प्रस्तुत हुने नयाँ विषयवस्तु र नविन प्रस्तुतीकरणले सकारात्मक सञ्चार प्रवाह गरेको हुन्छ । झ्वाट्ट हेर्दा औलामा गन्न नसकिने फाइदाले बर्षभरि सहकारी संस्थाको व्यवस्थापकीय कार्यजिम्मेवारी सम्हाल्ने क्रममा प्रत्येक दिन अन्तरनिहित ज्ञानबाट कार्यकौशतामा अभिबृद्धि भएको महशुस गरेको छु । 

गोष्ठीको अर्को महत्वपूर्ण पक्ष सञ्चालक समिति र व्यवस्थापन बीचको सम्बन्ध सुधारको आयाम पनि हो । त्यसकारण पनि साकोस शिखर गोष्ठीमा बोर्ड र व्यवस्थापन दुवैको सहभागिता महत्वपूर्ण छ भन्ने लाग्छ । व्यवस्थापनले गर्ने कार्यजिम्मेवारीमा बोर्डको हस्तक्षेप नरहने र बोर्डले गरेका निर्णयलाई व्यवस्थापन पक्षले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बातावरण राष्ट्रिय गोष्ठीमा प्रस्तुत हुने असल अभ्यास र सिकाईबाट प्राप्त हुन्छ । 

हिजोका दिनमा धेरै सहकारी आफ्नै मोडेलमा सञ्चालित थिए । आज पनि सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई बिर्सेर मनोमानी ढंगमा सहकारी सञ्चालन भइरहेको पाउँछौ, त्यसलाई चिर्न पनि गोष्ठीमा सहकारीको सिद्धान्त र दर्शनका विषयवस्तुको प्रस्तुती आवश्यक रहन्छ । 

कानुनी किताबमा सीमित ऐन र नियमका विषयलाई सहकारीमा परिपालनाको विषयमा रुपान्तरण गर्न यस्ता गोष्ठीले झक्झक्याउने रहेछ । सहकारीमा नीति, विधि र प्रविधिको प्रयोगमा दक्ष बनाउन पनि गोष्ठी कोशेढुंङ्गा सावित हुन्छ भन्ने लाग्छ । 

कोभिड १९ का कारण सहकारी सञ्चालनमा अन्यौलता साथै विशिष्ट ज्ञान सीप हासिल गर्नमा ठूलो ‘ग्याप’ महशुस भइरहेको समयमा आयोजना हुन गइरहेको चौथो साकोस शिखर गोष्ठीबाट महत्वपूर्ण उपलब्धी हासिल हुन्छ भन्ने अपेक्षा छ । 

साकोस समिटमा सहकारीलाई प्रविधिसँग जोड्ने राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास प्रस्तुत हुनुपर्छ भन्ने लाग्छ । प्रविधि विकासमा अन्तर्राष्ट्रिय क्षेत्रले गरेको अभ्यास लाई अनुसरण गर्दै आफ्नो माटो सुहाउँदो र क्षमताको आधारमा अनुसरण गर्ने हो । आज नेपालका केही सहकारीहरुले प्रविधि विकासमा राम्रै फड्को मारिसकेका छन् । नवलपरासी को विकू साकोस, पोखरालको रोयल साकोस र रुपन्देहीको जनउत्थान साकोस यस्तै अन्य सहकारीहरु प्रविधि विस्तार र सदस्य सन्तुष्टीमा अब्बल बन्दै गइरहेका छन् । गोष्ठीमा यस्तै सफल सहकारीहरुका असल अभ्यासको प्रस्तुतीकरणले पनि निकै हौसला मिल्छ भन्ने लाग्छ । गोष्ठी सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु । 

‘सहकरी क्षेत्रमा वित्तीय स्थिरता कायम गर्न सघाउ पुगोस्’
शान्ता राई
प्रबन्धक, ग्रामीण साकोस –सल्यान 

साकोस समिट राम्रो लाग्छ । पहिले पनि सहभागी भएको थिएँ । कार्यालय सञ्चालनका क्रममा धेरै विषयमा व्यवहारिक परिवर्तन ल्याउन सहयोग पुगेको छ । यसपटक भने बोर्डबाट सहभागिताको लागि नाम दर्ता गरेका छौं । कार्यव्यस्तताका कारण यसपटक मेरो उपस्थिति रहन सकेन । तर पनि अध्यक्षज्यूबाट साकोस सञ्चालनका लागि नयाँ विषय र प्राविधिक ज्ञान हासिल हुने अपेक्षा छ । 

यतिबेला साकोस सञ्चालनका क्रममा वित्तीय असहजता आइपरेको छ । लामो समयको कोभिड जोखिमका कारण प्रभावित बनेको वित्तीय अवस्था र बैंकिङ क्षेत्रमा व्याप्त तरलता अभावले सहकारीमा पनि समस्या सृजना भएको छ । एकातर्फ भाखा नाघेको ऋण असुली प्रक्रिया जटिल बन्दै गइरहेको छ भने अर्को तर्फ पर्याप्त तरलता नहुँदा लगानी रोकिएको छ । यो विषयलाई किन जोड्न खोजिरहेकी छु भने सहकारी क्षेत्रमा वित्तीय स्थिरता कायम गर्न र जोखिम न्यूनीकरणका लागि स्थायी समाधान पहिचान गर्न गोष्ठीले मार्गनिर्दिष्ट गरोस् भन्ने चाहन्छु । गोष्ठी सफलताको हार्दिक शुभकामना । 
 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप