सदस्यहरुका लागि मनकामना साकोसको नयाँ सेवा शुभारम्भ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहरुका लागि मनकामना साकोसको नयाँ सेवा शुभारम्भ 

काभ्रे । मनकामना बचत तथा ऋण सहकारी संस्था लि.काभ्रेले शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखि सवारी साधन विलबुक नविकरण तथा कर भुक्तानी सेवा आजबाट शुभारम्भ गरेको छ । 
‘स्मार्ट सर्भिस ईन’ सातदोवाटो ललितपुरसँगको सहकार्यमा मनकामना साकोसका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल तथा स्मार्ट सर्भिस ईनको तर्फवाट अञ्जन भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरी सेवा सुरु गर्नुभएको हो । 

काभ्रे, भक्तपुर र काठमाडौं जिल्लाभर कार्यक्षेत्र रही सञ्चालनमा आएको मनकामना साकोसका ८ हजार १०० सदस्य तथा अन्य सम्भावित शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखी यो सेवा सञ्चालनमा ल्याईएको साकोसले जनाएको छ । सवारी साधन कर भुक्तानी तथा विल बुक नविकरणको लागि आवश्यक पर्ने इन्स्योरेन्सको काम समेत शुल्क भुक्तानी गरेपश्चात साकोसबाटै गर्न सकिने, कागजपत्र र रकम उपलब्ध गराएको ४ दिन भित्र कार्य सम्पन्न भई सम्बन्धित ग्राहकलाई कागजात हस्तान्तरण गर्न सकिने गरी संस्थाले तयारी गरेको जनाएको छ । 

व्यस्त जिवनशैलीलाई ध्यानमा राख्दै सम्पूर्ण शेयर सदस्यहरु तथा सम्भावित शेयर सदस्यहरुले संस्थाको मुख्य कार्यालय बनेपा ५ घोकेचौर तथा सेवा केन्द्रहरु बनेपा गोदामचोक सेवा केन्द्र, पनौती सेवा केन्द्र, बेथान्चोक सम्पर्क कार्यालय ढुंखर्क, पाँचखाल सम्पर्क कार्यालय, कौशलटार सेवा केन्द्र, कोटेश्वर सेवा केन्द्र मध्य आफुलाई पायक पर्ने सेवा केन्द्रको माध्यमवाट सेवा लिन सकिने छ । सो सेवा वापत २ पांग्रे सवारी साधनको लागि रु ३५० र चार पांग्रे सवारी साधनको लागि ४५० शुल्क लाग्ने साकोसका प्रवन्धक सिताराम तिमल्सिनाले जानकारी गराउनुभयो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप