चन्द्रागिरीका पाँच साकोसबीच असल सिकाइ आदानप्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरीका पाँच साकोसबीच असल सिकाइ आदानप्रदान

काठमाडौं । युगबाणी बचत तथा ऋण सहकारी संस्था लि., थानकोटको आयोजनामा नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) अन्तर्गत चन्द्रागिरी क्लष्टरको दशौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

चन्द्रागिरी क्लटरमा युगबाणी साकोस, चम्किलातारा साकोस, जनश्रमिक साकोस, श्री सगरमाथा साकोस र ध्रुवलक्ष्मी साकोस छन् । 

कार्यक्रम युगबाणी साकोसका अध्यक्ष मोहन बलामीको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता सुरु भएको थियो ।

नेफ्स्कूनका अध्यक्ष  पौड्यालले साकोस सुदृढीकरण र सबलीकरणका लागि अब स्तरीकरण कार्यक्रम निर्विकल्प रहेको बताउनुभयो । बचत तथा ऋण सहकारी संस्था स्तरीकरण कार्यक्रमबाट भागेर होइन हातोमालो गरेर अगाडि बढेमात्रै संस्थागत दिगोपना र स्थायित्व कायम हुनेमा उहाँले जोड दिनुभएको थियो । साथै अध्यक्ष पौड्यालले नेफ्स्कूनको आयोजनामा जेठको २९ र ३० गने सञ्चालन हुन गइरहेको साकोस शिखर गोष्ठीको बारेमा जानकारी गराउनुभयो । गोष्ठीले बचत तथा ऋण सहकारी अभियानमा नवप्रवर्धन र प्रविधि विकासको आवश्यकता सहित डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफमेसन र डिजिटल इन्क्यूजनलाई जोडेर प्रविधिमा नविनतम आयामको खोजीमा जोड दिइने बताउनुभयो ।

कार्यक्रममा जनश्रमिक साकोसका अध्यक्ष मोति अमात्य र ध्रुबलक्ष्मी साकोसका अध्यक्ष गोविन्द थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  साकोसका अध्यक्ष बलामीले कार्यक्रमको समापन गर्नुभएको थियो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालाको सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनाली र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुबेदीले गर्नुभएको थियो ।  
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप