चन्द्रागिरीका पाँच साकोसबीच असल सिकाइ आदानप्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरीका पाँच साकोसबीच असल सिकाइ आदानप्रदान

काठमाडौं । युगबाणी बचत तथा ऋण सहकारी संस्था लि., थानकोटको आयोजनामा नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) अन्तर्गत चन्द्रागिरी क्लष्टरको दशौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

चन्द्रागिरी क्लटरमा युगबाणी साकोस, चम्किलातारा साकोस, जनश्रमिक साकोस, श्री सगरमाथा साकोस र ध्रुवलक्ष्मी साकोस छन् । 

कार्यक्रम युगबाणी साकोसका अध्यक्ष मोहन बलामीको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता सुरु भएको थियो ।

नेफ्स्कूनका अध्यक्ष  पौड्यालले साकोस सुदृढीकरण र सबलीकरणका लागि अब स्तरीकरण कार्यक्रम निर्विकल्प रहेको बताउनुभयो । बचत तथा ऋण सहकारी संस्था स्तरीकरण कार्यक्रमबाट भागेर होइन हातोमालो गरेर अगाडि बढेमात्रै संस्थागत दिगोपना र स्थायित्व कायम हुनेमा उहाँले जोड दिनुभएको थियो । साथै अध्यक्ष पौड्यालले नेफ्स्कूनको आयोजनामा जेठको २९ र ३० गने सञ्चालन हुन गइरहेको साकोस शिखर गोष्ठीको बारेमा जानकारी गराउनुभयो । गोष्ठीले बचत तथा ऋण सहकारी अभियानमा नवप्रवर्धन र प्रविधि विकासको आवश्यकता सहित डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफमेसन र डिजिटल इन्क्यूजनलाई जोडेर प्रविधिमा नविनतम आयामको खोजीमा जोड दिइने बताउनुभयो ।

  

कार्यक्रममा जनश्रमिक साकोसका अध्यक्ष मोति अमात्य र ध्रुबलक्ष्मी साकोसका अध्यक्ष गोविन्द थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  साकोसका अध्यक्ष बलामीले कार्यक्रमको समापन गर्नुभएको थियो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालाको सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनाली र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुबेदीले गर्नुभएको थियो ।  
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप