‘बचत ऋण सहकारी अभियानका उदाहरणीय सफलता उजागर हुनुपर्छ’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘बचत ऋण सहकारी अभियानका उदाहरणीय सफलता उजागर हुनुपर्छ’ 

विगत तीन वर्षदेखि कोभिड–१९ का कारण कमजोर भएको अर्थतन्त्र र त्यसैको मारमा परेका प्रारम्भिक संस्थाका शेयर सदस्य र जिल्ला संघहरुको अवस्थालाई सुदृढ र सबल बनाउँदै प्रविधि हस्तान्तरणलाई मुख्य एजेन्डा बनाएर सम्पन्न हुँदै गरेको चौंथो साकोस शिखर गोष्ठीले नेपालको साकोस अभियानमा प्राप्त भएका सफलताहरुलाई आम सरोकारवालाहरु माझ प्रस्तुत गर्न सक्नुपर्दछ ।

नेपालको सहकारी अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरुलाई हेर्दा परिस्कृत र रुपान्तरणलाई आत्मसाथ गरेको देखिन्छ । औपचारिक रुपमा भन्दा ६५ वर्षको यात्रामा ग्रामीण नागरिकको आर्थिक तथा सामाजिक परिवेशसँग केन्द्रीत भएर शुरुभएको सहकारी अभियानले व्यापकता पाएको छ । सीमित भूगोल, सीमित सदस्य र सीमित क्षेत्रबाट शुरुभएको सहकारीको कार्य क्षेत्र केही फराकिलो, सदस्य संख्यामा व्यापकता र विविधायुक्त व्यवसायमा सहकारी केन्द्रीत भएको देखिन्छ । सहकारी भित्रको रुपान्तरणको कुरा गर्दा प्रविधि केन्द्रीत सहकारीको सेवा नै महत्वपूर्ण छ । पराम्परागत हिसाब किताब र अभिलेखीकरणलाई पूर्ण रुपमा प्रविधिगत बनाउँदै जानु सहकारीको ऐतिहासिक सफलता हो । त्यतिमात्र होइन सय पचासको कारोबार करोडौंमा पुग्नु पनि अर्को सफलता हो । वास्तविक सदस्यको चासो र संलग्नतामा सञ्चालन भएका एकादुई बाहेकका सहकारीले आफ्नो क्षेत्रमा असल छवी निर्माण गरेका छन् । विगतमा सञ्चालक वा केही सञ्चालकले दैनिक तथा प्रशासनिक गतिविधि सञ्चालन गरेर व्यवसाय शुरु गरेका सहकारी आज अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान दिन सफल भएका छन् । त्यसले पनि प्रष्ट हुन्छ नेपालमा सहकारीले कारोबारीय मात्र होइन गुणस्तरीय र प्रतिस्पर्धात्मक सेवा दिन सफल भएका छन् ।

सहकारीलाई व्यवस्थित गर्न पहिलो पटक २०४८ सालमा जारी भएको सहकारी ऐनलाई आधार बनाएर ३० हजार भन्दा बढी विभिन्न उद्देश्यका सहकारी गठन भए । सोही ऐनका आधारमा जारी भएको नियमावली, मापदण्ड र निर्देशिकाका आधारमा सहकारी सञ्चालन भइरहँदा ऐनको केही लचकता र फितलो सरकारी नियमन संयन्त्रका कारण केही व्यक्तिहरुको समूहले सहकारीलाई अकुत सम्पत्ति आर्जन गर्ने माध्यम बनाए । शेयर सदस्यको पैसालाई आफू र आफ्नो परिवारको पैतृक सम्पत्ति जस्तो ठानेर जथाभावी लगानी र प्रचलित सहकारीको मर्म विपरित कारोबार सञ्चालन गरी दुरुपयोग मात्र गरेनन् शेयर सदस्यको शेयर तथा बचत फिर्ता गर्नै नसक्ने अवस्थामा पुर्याए । तीनै सहकारीका कारण आज कानुनको परिपालना र शेयर सदस्यको निगरानीमा सञ्चालन भएको सहकारीले पनि विश्वास गुमाउनु परेको छ । नेपालमा प्रचलनमा रहेका विविध उद्देश्यका सहकारी मध्ये बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई नै सहकारीका रुपमा चिनिन्छ । अन्य प्रकृतिका सहकारी मध्ये थोरै सहकारीले मात्र आफ्नो मूख्य उद्देश्य अनुसारको कारोबार गरेका छन् बाँकी सबै सहकारीको मूख्य कारोबार बचत तथा ऋण नै छ । त्यसले गर्दा पनि बचत तथा ऋण सहकारी कै बजारमा राम्रो तथा नराम्रो दुवै पहिचान स्थापित छ । प्रारम्भिक संस्थाहरुका आ–आफ्नै छाता संगठनहरु छन् । कति सक्रिय छन् भने कति नाम र भूमिकाका लागि मात्रै गठन गरिएको जस्तो देखिन्छ ।

नेतृत्व विकासदेखि प्रजातान्त्रिक अभ्यासका लागि सहकारीलाई नै उदाहरणका रुपमा लिन सकिन्छ । 

बचत तथा ऋण सहकारी संस्थाको छाता संगठनका रुपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) केन्द्र, प्रदेश र जिल्ला स्तरमा समेत क्रियाशिल छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) ले ३४ औं वसन्त पार गर्दा आफ्ना प्रारम्भिक संस्थाको संस्थागत विकासदेखि अन्तर्राष्ट्रिय बजारमा साकोसको पहिचान स्थापित गर्न सफल भएको छ । प्रविधिमैत्री कारोबार र स्तरीय सेवाका लागि सरकारलाई आवश्यक परामर्शदेखि विश्वमा सहकारीको असल अभ्यासलाई प्रयोगमा ल्याउन नेफ्स्कूनको भूमिका महत्वपूर्ण छ । सहकारीका असल अभ्यसालाई सरोकारवाला बीच छलफल गराई कार्यान्वयनमा ल्याउन र कानूनी व्यवस्थाका लागि नेफ्स्कूनले राष्ट्रिय स्तरको अन्तरक्रिया, छलफल तथा गोष्ठीको आयोजना गर्दै आएको छ । सोही अनुसार साकोस शिखर गोष्ठीको अवधारणा अनुसार नेफ्स्कूनले चौथो साकोस शिखर गोष्ठीको आयोजना गर्नु आफैमा प्रशंसनीय छ । 

विगत तीन वर्षदेखि कोभिड–१९ का कारण कमजोर भएको अर्थतन्त्र र त्यसैको मारमा परेका प्रारम्भिक संस्थाका शेयर सदस्य र जिल्ला संघहरुको अवस्थालाई सुदृढ र सबल बनाउँदै प्रविधि हस्तान्तरणलाई मुख्य एजेन्डा बनाएर सम्पन्न हुँदै गरेको चौंथो साकोस शिखर गोष्ठीले नेपालको साकोस अभियानमा प्राप्त भएका सफलताहरुलाई आम सरोकारवालाहरु माझ प्रस्तुत गर्न सक्नुपर्दछ । नाम र संख्यामा मात्र होइन नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक वातावरणमा बचत तथा ऋण सहकारीको प्रभाव अनुकरणीय भएको कुरालाई विगत र वर्तमानमा देखिएको रुपान्तरणले प्रष्ट बनाउँछ । त्यसैले भाषण र कुरामा होइन ती कुरालाई प्रमाणका रुपमा प्रस्तुत गर्न सक्नुपर्छ । ५० पैसाको बचत, २५ रुपैयाँको दैनिक बचत र ५ हजारको ऋण लगानी, साना छिडींको कोठामा कार्यालय जस्ता विशेषताबाट अघि बढेको साकोस अभियानले प्राप्त गरेको सफलता नै श्रव्यदृश्यका रुपमा प्रस्तुत गर्दा प्रमाणित हुनेछ, साकोस अभियानको संस्थागत विकासको स्वरुप ।

प्रविधिमैत्री कारोबार र स्तरीय सेवाका लागि सरकारलाई आवश्यक परामर्शदेखि विश्वमा सहकारीको असल अभ्यासलाई प्रयोगमा ल्याउन नेफ्स्कूनको भूमिका महत्वपूर्ण छ । सहकारीका असल अभ्यसालाई सरोकारवाला बीच छलफल गराई कार्यान्वयनमा ल्याउन र कानूनी व्यवस्थाका लागि नेफ्स्कूनले राष्ट्रिय स्तरको अन्तरक्रिया, छलफल तथा गोष्ठीको आयोजना गर्दै आएको छ ।

नाङ्लामा कारोबार गर्ने शेयर सदस्य आज अब्बल व्यापारी भएका उदाहरण यत्रतत्र छन् । छोराछोरीको उच्च शिक्षामा सहकारीले पुर्याएको योगदान र समाजाम रहेको धनी र गरीब बीचको विभेधात्मक सम्बन्धलाई चिर्न सहकारी सफल भएको छ । सहकारी कै सहयोगमा गम्भीर रोगको उपचारबाट नयाँ जीवन पाएका घटना हुन वा ३०/४० हजारको सहयोगबाट सदस्य र सदस्यको परिवारले तत्कालिन उपचार पाएका घटनाहरु सफलताका उदाहरण हुन् । त्यतिमात्र होइन नेपालका नागरिकले पैसाको लेनदेन गर्ने अवसर नै सहकारीले जुटाएकोमा दुईमत छैन । साहुमहाजन र बैंक वित्तीय संस्थाको नजर त तिनै सामथ्र्य भएका व्यक्तिमा न थियो । तर आम नेपाली जहाँ सहकारी खुल्यो ती ठाउँमा पैसोको कारोबार गर्न त सहकारीले नै सिकाएको हो । सामान्य कारोबारबाट आज सफल उद्योगी व्यापारी भएका व्यक्तिहरुको सफलतामा सहकारीको योगदान छदैंछ तीनै कुराहरु हाम्रा सफलता हुन् । श्रम बजारमा अवसर नपाएर योग्य नागरिकको बैदेशिक मोह, प्राकृतिक विपद् तथा आर्थिक मन्दीका कारण रोजगारीका अवसर खोसिदै जाँदा आज जति श्रमको अवसर सहकारीले दिएको छ त्यो पनि महत्वपूर्ण छ । बैंक, वित्तीय संस्था जतिकै सेवासुविधा उपलब्ध गराएर सहकारीको सेवा नियमित गर्नु आफूमा चुनौतीपूर्ण छ र पनि दक्ष जनशक्तिको आकर्षण सहकारी बनेको छ । नेतृत्व विकासदेखि प्रजातान्त्रिक अभ्यासका लागि सहकारीलाई नै उदाहरणका रुपमा लिन सकिन्छ । 

त्यसका अलवा अहिले अधिकांश सहकारीहरु प्रविधिमैत्री सेवाका लागि तयार भएका छन् । भरपर्दो, गुणस्तरीय र सरकार निर्देशित सफ्टवेर तथा विद्युतीय भुक्तानीका माध्यमहरु नहुँदा सहकारीहरु दुविधामा छन् । त्यतिमात्र होइन ठूलो लगानी प्रविधियुक्त सेवाका लागि खर्च पनि गरिरहेका छन् । सुरक्षित सफ्टवेर, मोबाइल बैंकिङ, क्युआर कोड, एटिएम सेवा, अन्तर सहकारी नगद कारोबारहरु सहकारीका लागि इमर्जिङ विषय हुन् । त्यसका लागि दक्ष कर्मचारी व्यवस्थापन र त्यागी सञ्चालक समिति अपरिहार्य शर्त हो । उद्यम केन्द्रित लगानी र बजारीकरणका लागि समन्वय सहकारीका लागि बहसको विषय हो । बचत तथा ऋण कारोबार गर्ने सहकारी वा वित्तीय कारोबार गर्ने संस्थाका रुपमा साकोस अभियानलाई कानुनी मान्यता दिन सरकारको ध्यानाकर्षण गराउँदै तीन तहको सरकारले लागू गरेको ऐन, नियमावली, नीति निर्देशन र अन्य कानुनको पालनामा साकोस अभियानलाई सक्षम बनाउन चौंथो साकोस शिखर गोष्ठी सक्षम हुनुपर्दछ । 

लेखकः हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि, दोलखाका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप