सुदूरपश्चिमका साकोस कर्मचारीहरुका लागि ऋण व्यवस्थापन तालिम प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरपश्चिमका साकोस कर्मचारीहरुका लागि ऋण व्यवस्थापन तालिम प्रदान

कञ्चनपुर । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुका लागि ऋण व्यवस्थापन तालिम प्रदान गरिएको छ । नेफ्स्कूनको आयोजनामा जेठ १८ देखि २० सम्म कैलालीको धनगढीमा सञ्चालित तालिममा उक्त दुई जिल्लाका १८ बचत तथा ऋण सहकारी संस्थाबाट २२ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । 

तालिमको समापन नेफ्स्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीले गर्नुभएको थियो । सो अवसरमा नेफ्स्कून कञ्चनपुर फिल्ड कार्यालय व्यवस्थापन उप–समिति सदस्य द्वय भुपेन्द्र थापा र  सुरत बोगटी उपस्थित हुनुहुन्थ्यो ।

नेफ्स्कूनका सञ्चालक जोशीले सहकारी संस्थाले सदस्यहरुबाट लिएको पैसा सदस्यहरुकै लागि परिचालन गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । सहकारी संघ संस्थामा आवद्ध सदस्यहरुको आयस्तर वृद्धि गर्न, स्वरोजगार सिर्जना गर्न, गरिबी निवारण गर्न, सदस्यहरुलाई उद्यमी बनाउन र आर्थिक गतिविधिमा रकम परिचालन गर्न ऋणको गुणस्तर सुधारका साथै ऋण नीति कडाईका साथ कार्यन्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । संस्थाले ऋण लगानी गर्ने क्रममा ऋणको प्राथमिकता, सदस्यहरुको आवश्यकता र ऋणको सदुपयोगिताका विषयमा ध्यान दिनुपर्ने हुँदा कर्मचारीहरु ऋण व्यवस्थापन प्रक्रियामा जानकार र दक्ष हुन पनि समय समयमा यस्ता तालिम आवश्यक रहने उहाँले बताउनुभयो ।   

तालिम सहजिकरण संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठ र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कञ्चनपुर फिल्ड कार्यालय इन्चार्ज यम डाँगी र सेवा केन्द्र प्रमुख योगेश बोहराले गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप