कञ्चनपुर । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुका लागि ऋण व्यवस्थापन तालिम प्रदान गरिएको छ । नेफ्स्कूनको आयोजनामा जेठ १८ देखि २० सम्म कैलालीको धनगढीमा सञ्चालित तालिममा उक्त दुई जिल्लाका १८ बचत तथा ऋण सहकारी संस्थाबाट २२ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन नेफ्स्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीले गर्नुभएको थियो । सो अवसरमा नेफ्स्कून कञ्चनपुर फिल्ड कार्यालय व्यवस्थापन उप–समिति सदस्य द्वय भुपेन्द्र थापा र सुरत बोगटी उपस्थित हुनुहुन्थ्यो ।
नेफ्स्कूनका सञ्चालक जोशीले सहकारी संस्थाले सदस्यहरुबाट लिएको पैसा सदस्यहरुकै लागि परिचालन गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । सहकारी संघ संस्थामा आवद्ध सदस्यहरुको आयस्तर वृद्धि गर्न, स्वरोजगार सिर्जना गर्न, गरिबी निवारण गर्न, सदस्यहरुलाई उद्यमी बनाउन र आर्थिक गतिविधिमा रकम परिचालन गर्न ऋणको गुणस्तर सुधारका साथै ऋण नीति कडाईका साथ कार्यन्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । संस्थाले ऋण लगानी गर्ने क्रममा ऋणको प्राथमिकता, सदस्यहरुको आवश्यकता र ऋणको सदुपयोगिताका विषयमा ध्यान दिनुपर्ने हुँदा कर्मचारीहरु ऋण व्यवस्थापन प्रक्रियामा जानकार र दक्ष हुन पनि समय समयमा यस्ता तालिम आवश्यक रहने उहाँले बताउनुभयो ।
तालिम सहजिकरण संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठ र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कञ्चनपुर फिल्ड कार्यालय इन्चार्ज यम डाँगी र सेवा केन्द्र प्रमुख योगेश बोहराले गर्नुभएको थियो ।
८ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
३६ दिन अगाडि
२५ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
२८ दिन अगाडि
१० दिन अगाडि
४१ दिन अगाडि