नवलपरासी । बर्दघाट नगरपालिका –४ मा सञ्चालित माकर सनराइज बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोबेसनमा आबद्ध भएको छ । यस सम्बन्धमा नेफ्स्कून र माकर सनराइज साकोसबीच शुक्रबार औपचारिक सम्झौता भएको हो ।
साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा बीच साकोसका अध्यक्ष प्रदिप सुबेदी र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्काले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । हस्ताक्षर कार्यक्रममा साकोसका सचिव हुमनाथ आचार्य, कोषाध्यक्ष चोलाकान्त भट्टराई, सञ्चालक समितिका सदस्यहरु र नेफ्स्कून भूमही फिल्ड कार्यालयका प्रमुख नेत्र प्रसाद सापकोटा उपस्थित हुनुहुन्थ्यो ।
२०६३ सालमा स्थापित बर्दघाट नगरपालिकाभर कार्यक्षेत्र रहेको माकर सनराइज साकोसमा हाल ११ सय १३ सेयर सदस्य र ११४ बाल सदस्य रहेका छन् भने करिब १९ करोड २६ लाखको वासलात रहेको छ ।
८ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
३६ दिन अगाडि
२५ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
२८ दिन अगाडि
१० दिन अगाडि
४१ दिन अगाडि