सृजनशील साकोसको आयोजनामा दशौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सृजनशील साकोसको आयोजनामा दशौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

नवलपुर । सृजनशील साकोस, कावासोती वडा नं. २, नवलपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी तेस्रो समुहको दशौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) गत विहिबार कावासोतीमा सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (PROBATION) मा आबद्ध चितवन जिल्लाका ८ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ३५ जनाको उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष बाबुराम कंडेलको अध्यक्षता र कावासोती नगरपालिका नगर प्रमुख विष्णु प्रसाद भुषालको प्रमूख आतिथ्यता, कावासोती न.पा वडा नं. २ का बडा अध्यक्ष शिव कुमार पाण्डेको र जिल्ला बचत संघ, कावासोतीका कार्यबाहक अध्यक्ष होमनाथ जैशीको विशेष उपस्थिति, राष्ट्रिय सहकारी बैङ्क कावासोती शाखा प्रमुख रुकमत श्रेष्ठको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले सहकारी संस्थाहरु अहिले बैंक तथा वित्तीय संस्थासरह सेवा सुविधा दिने अवस्थामा बृद्धि भएको यस परिस्थितिमा सहकारीलाई सहकारीको मुल्य मान्यतामा रही चल्नुपर्ने, सहकारी संस्थाहरु विना देशको विकास नरहेको, सहकारी संस्थाको सञ्चालकहरु तथा लेखा समितिको सहकारी संस्थाप्रति जवाफदेहि भई लाग्नुपर्ने, सदस्यहरुमा संस्थाको वित्तीय पारदर्शीता प्रस्तुत गर्नुपर्ने, सदस्यहरुको बचतको सुरक्षाको लागि हरतरहको कार्य गर्नुपर्ने जसका लागि नेफ्स्कूनले सञ्चालन गरेको प्रोबेसन जस्ता कार्यक्रमहरुको विकास र सम्पूर्ण सहकारीहरु सहभागी भई सहकारी सुरक्षित हुने यस कार्यमा सहभागी हुनमा अन्य संस्थाहरुमा पनि पहल गर्ने कुरामा जोड दिनुभएको थियो । 

हाल तरलता जोखिमको अवस्था बाहेका संस्थाहरुले ऋणको मागलाई सम्बोधन गदै ऋण लगानीलाई बढी प्राथमिकतामा राखी लगानी तरलताको अवस्था नहेरी लगानी गरिएको पाइएकोमा तरताको संकटबाट हल्का बाहिर आएको यस अवस्थामा तरलताको आवस्थाहरुको मध्यनजर गरी ऋण लगानी गर्नुपर्नेमा जोड दिनुभयो । यस कार्यक्रममा सहभागी सबै साकोसहरुलाई शुभकामनाका साथै बधाई र कार्यक्रमको सुरुवातसंगै चितवन र नवलपुरमा रहेका सहकारी विच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदन प्रदान गर्ने वातावरण सिर्जना हुने अभ्यासको सुरुवात भएको छ, नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धि गर्न प्रोबेसन र एक्सेस जस्ता कार्यक्रमहरु विकास गरी सञ्चालन गरीरहेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा मार्गदर्शन साकोसको व्यवस्थापक दिपक प्रसाद गौतमलाई पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रम सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सुरज चालिसेले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत संस्थाको  उपाध्यक्ष नवराज सुवेदी र कार्यक्रम सञ्चालन सचिव तथा प्रोबेसन कार्यक्रम संयोजक सरिता शर्माले गर्नु भएको थियो भने आगामी एघारौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला चितवन सामुदायिक साकोस, भरतपुरको आयोजना मिति २०७९ भदौ १८ गते सम्पन्न गर्ने समेत निर्णय गरिएको थियो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप