आसन्न साकोस शिखर गोष्ष्ठीको तयारी पुरा, आज वृहत पत्रकार सम्मेलन आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आसन्न साकोस शिखर गोष्ष्ठीको तयारी पुरा, आज वृहत पत्रकार सम्मेलन आयोजना

काठमाडौं । आसन्न साकोस शिखर गोष्ठी २०७९, को तयारी पुरा भएको नेफ्स्कूनमा आज अपरान्ह आयोजित एक पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको  छ । गोष्ठीले ‘सहकारीमा प्रविधि’  लाई महत्वपूर्ण र केन्द्रीय विषय बनाएको संघका अध्यक्ष परितोष पौड्यालले जानकारी गराउनुभयो । गोष्ठीले वित्तीय सहकारीहरुमा एकरुपता कायम गर्न डिजिटाइजेशनको लागि नयाँ प्रविधिहरुको अनुकरण एवम् हस्तान्तरण गर्ने र वित्तीय सहकारीहरुको समावेशी एवम् स्मार्ट सेवा सुनिश्चितताका लागि मार्गप्रसस्त गर्ने विश्वास अध्यक्ष पौड्यालले व्यक्त गर्नुभयो । चौथो साकोस शिखर गोष्ठी यही जेठ २९ र ३० गते काठमाडौंमा आयोजना हुँदैछ ।

संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता चन्द्र प्रसाद ढकालले चौथो साकोस शिखर गोष्ठीको थिम ‘दिगो एवम् एकीकृत सञ्जालको लागि नवीनत साझा प्रविधि’ रहेको जानकारी गराउँदै गोष्ठीको उद्देश्य, विषयवस्तु, सहभागिता, कार्यपत्र तथा स्रोत व्यक्तिहरु लगायतका विविध विषयहरुमा प्रष्ट पार्नुभयो । उहाँले  सातै प्रदेशबाट करिब ५० जिल्लाका ६०० भन्दा बढीको सहभागिता गोष्ठीका लागि सुनिश्चित भएको जानकारी गराउनुभयो ।

महासचिव दामोदर अधिकारीले संघले आफ्नो स्थापनाकालदेखि नै सदस्य संस्थाहरुको प्रवर्धन, दिगो विकास र सशक्तिकरण मार्फत आवद्ध सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक उन्नयनका लागि कार्य गर्दै आइरहेको बताउनुभयो । साथै राष्ट्रिय अन्तराष्ट्रिय सिद्धान्त र असल अभ्यास सिकाइको अनुशरणबाट साकोस अभियान सबलीकरणमा संघले खेलेको भूमिकाका बारेमा प्रष्ट पार्नुभयो । 

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय असल अभ्यासहरुको साझा बुझाई एवम् आन्तरिकीकरणको साझा मञ्चको रुपमा नेफ्स्कूनले वि.सं. २०६८ (सन् २०१२) देखि साकोस शिखर गोष्ठी आयोजना गर्दै आइरहेको छ । प्रत्येक ३ बर्षको अन्तरमा आयोजना हुने साकोस शिखर गोष्ठी यो चौथो आयोजना हो । 

कार्यक्रममा संघका कोषाध्यक्ष दिपक पनेरु, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरल, तालिम विभाग प्राचार्य सञ्जयराज तिमिल्सीना, सदस्य सेवा विभाग प्रमुख गणेश तिमल्सिना र विभिन्न सञ्चारमाध्यममा संलग्न पत्रकारहरुको उपस्थिति रहेको थियो । पाँच वटा सामुहिक सत्र र चार वटा ब्रेकआउट सत्र गरी जम्मा नौ वटा सत्रमा दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा ६०० जना भन्दा बढी अभियानकर्मी, नियमनकारी निकायका जिम्मेवार अधिकारीहरु, सम्बन्धित सरोकारवाला एवम् विकास साझेदारहरुको सहभागिता रहनेछ । गृहमन्त्री  बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा समुद्घाटन हुने शिखर गोष्ठीको समापन समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको ऐक्यवद्धता सहित घोषणपत्र जारी हुने कार्यक्रम रहेको प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप