ललितपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना

काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.को सहकार्य र ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा ललितपुर जिल्लाका ६ वटै पालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई बधाइ एवम् शुभकामना प्रदान गरिएको छ ।

ज्योतिपुञ्ज साकोसका अध्यक्ष नवराज कार्कीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत, बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । स्थानीय तहको विकासमा सहकारी क्षेत्रको भूमिका र योगदानका बिषयमा चर्चा गर्दै अध्यक्ष कार्कीले सहकारीको दिगो विकासका लागि सहकारी र स्थानीय तहबीच सहकार्यको आवश्यकता उल्लेख गर्नुभयो । पालिकावासीहरुको आवश्यकता र जनअपेक्षा बुझेर कार्यक्रम अगाडि बढाउन शुभकामना दिँदै अध्यक्ष कार्कीले ललितपुरलाई नमुना पालिका बनाएर देशकै उत्कृष्ट जनप्रतिनिधिको रुपमा देख्नपाउने स्थानीयको चाहनालाई साकार पार्नुहुनेछ भन्ने विश्वास लिइएको बताउनुभयो । 

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मन्जली शाक्य बज्राचार्य लगायत ६ वटै पालिकाबाट अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा ज्योतिपुञ्ज साकोसका प्रमुख सल्लाहकार डा. नीरजनारायण जोशी, सल्लाहकार रमेश कुमार रोक्का, सचिव नविन श्रेष्ठ, व्यवस्थापक रन्जु कार्की लगायतको उपस्थिति रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप