बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष आजदेखि पूर्ण सञ्चालनमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष आजदेखि पूर्ण सञ्चालनमा

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष आजबाट शुभारम्भ भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालयमा आयोजित विशेष कार्यक्रमका बीच कोषको औपचारिक शुभारम्भको घोषणा गर्नुभएको हो । मन्त्री श्रेष्ठको घोषणा सँगै आजबाट कोष पूर्ण सञ्चालनमा आएको छ ।

बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ को दफा (६) उपदफा (२) को देहाय (१) बमोजिम अर्थ मन्त्रालयबाट सहमती प्राप्त भएको छ । यस मन्त्रालयको मिति २०७९ जेठ २७ गतेको निर्णयबाट स्थिरीकरण कोष शुभारम्भ भएको व्यहोरा सबैमा जानकारी गराउन पाउँदा अत्यन्तै खुशी लागेको छ, उहाँले घोषणा गर्नुभएको छ । 

कोष सञ्चालन शुभारम्भ घोषणा कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहितको उपस्थिति थियो । 

बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष खडा गर्न गत वैशाख ८ गते स्थिरीकरण कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालद्वारा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितलाई कोष सञ्चालन सम्बन्धी आवश्यक दस्तावेज हस्तान्तरण गर्नुभएको थियो । सहकारी मन्त्री शशी श्रेष्ठले २०७९ जेठ २७ गतेको निर्णयबाट कोष पूर्ण सञ्चालनका लागि स्वीकृती प्रदान गरेसँगै औपचारिक रुपमा आजबाट बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष सञ्चालनमा आएको छ । स्थिरीकरण कोष शुभारम्भ कार्यक्रम ‘सेलिब्रेसन’  भने आसन्न साकोस शिखर गोष्ठीको समुद्घाटन समारोहबाट गरिने नेफ्स्कूनका अध्यक्ष एवम् कोष सञ्चालन समितिका अध्यक्ष पौड्यालले जानकारी गराउनुभएको छ ।  

मन्त्री श्रेष्ठले सो घोषणामा भन्नुभएको छ, “सहकारी ऐन २०७४ को दफा १०३ (१) अनुसार बचत तथा ऋण विषयगत संस्थाको सञ्चालनमा सम्भावित जोखिमबाट संरक्षण गर्न त्यस्ता संस्थाहरु मिलि स्थिरीकरण कोष खडा गरिने व्यवस्था छ । सहकारी नियमावली, २०७५ को नियम ७४(४) बमोजिम स्थिरीकरण कोष खडा गर्न न्यूनतम दश करोड रुपैंयाको प्रारम्भिक योगदान गर्नुपर्ने व्यवस्था अनुरुप बचत तथा ऋण सहकारी संस्थाहरुबाट उक्त योगदान पुरा गर्नुभएकोमा सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।” 

त्यसैगरी स्थिरीकरण कोष बचत तथा ऋण सहकारीको योगदानमा आधारित जगेडा कोष हो । सहकारी संस्थाहरुलाई समस्याग्रस्त हुन बाट बचाउन आर्थिक उतारचढावमा स्थिरता कायम गर्न सुरक्षा कवचको रुपमा स्थिरीकरण कोष रहेको छ । कोषको प्रभावकारी कार्यान्वयनका लागि कोष सञ्चालन समितिमा यस मन्त्रालय सहित सरोकारवाला निकायहरुको सहभागिता रहेकोले सुव्यवस्थित कार्यान्वयन र प्रतिफलको अपेक्षा सहित संलग्न सबैलाई मन्त्री श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघमा रहने व्यवस्था सहकारी ऐन २०७४ को दफा १०३ को उपदफा ३ ले गरेको छ भने सहकारी नियमावलीको  नियम ७४ (२) (क) अनुसार कोष सञ्चालन समितिको अध्यक्ष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अध्यक्ष तथा (ञ) अनुसार सदस्य सचिव नेफ्स्कूनका कार्यकारी प्रमुख समितिको सदस्य सचिव रहने व्यवस्था छ । 

कोष सञ्चालनका लागि नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंक, सहकारी मन्त्रालय, अर्थ मन्त्रालय र विभागको प्रतिनिधि समेत रहने गरी सञ्चालन समितिको व्यवस्था गर्न सकिने पनि ऐनमा उल्लेख छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप