नेफ्स्कून–लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालबीच सहकार्यका विषयमा छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून–लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालबीच सहकार्यका विषयमा छलफल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालबीच संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न आयाममा रणनीतिक सहकार्यका विषयमा छलफल भएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयमा आज अपरान्ह भएको छलफल मुलतः रक्त सञ्चार तथा अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको अभियानमा सहयोगको विषयमा केन्द्रीत थियो । उक्त केन्द्र रक्त सञ्चार तथा रक्त अनुसन्धान सम्बन्धी काम गर्ने लक्ष्यका साथ त्रिभुवन विश्व विद्यालय र लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको सहकार्यमा स्थापित भएको हो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासचिव दामोदर अधिकारी, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायत सहभागी कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ का केन्द्रीय अध्यक्ष रुद्र ज्ञवाली लगायतको सहभागिता थियो ।

कार्यक्रममा नेफ्स्कून अध्यक्ष, महासचिव एवम् लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ का केन्द्रीय अध्यक्ष ज्ञवालीले दुई निकायबीचको सहकार्यले सामाजिक क्षेत्रका अन्य विविध पक्षमा मिलेर काम गर्ने सम्भावनाको ढोका खोल्ने धारणा राख्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप