सिन्धुलीका ४ साकोस एकसाथ कर्ब्स कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीका ४ साकोस एकसाथ कर्ब्स कार्यक्रममा आबद्ध

श्यामराजा तिमल्सिना
सिन्धुली । जिल्लामा सञ्चालित चार बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमा (कर्ब्स) मा आबद्ध भएका छन् । बुधबार सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघमा आयोजित सहकारी अभिमुखीकरण कार्यक्रमका अवसरमा साकोस, जिल्ला बचत संघ सिन्धुली र नेफ्स्कून बीच त्रिपक्षिय सम्झौता मार्फत साकोसहरु कर्ब्स कार्यक्रममा जोडिएका हुन् । 

कर्ब्स कार्यक्रममा आबद्ध हुनेहरुमा जिल्लामा सञ्चालित साहारा साकोस, सुर्यमुखी महिला साकोस, स्वावलम्बन साकोस र कपीलेश्वर महिला साकोस रहेका छन् । पछिल्लो समय सिन्धुलीमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर सुधारका कार्यक्रमहरुमा सहभागी बन्ने क्रम बढेको छ ।  यस सँगै सिन्धुली जिल्ला बाट कर्ब्स कार्यक्रममा आवद्ध हुने साकोसहरुको संख्या मात्रै २३ पुगेको छ ।

कार्यक्रममा साकोसको तर्फबाट अध्यक्ष  तथा व्यवस्थापक, जिल्ला संघको तर्फबाट अध्यक्ष बालकुमारी श्रेष्ठ, कोषाध्यक्ष कृष्णहरी कोइराला र कार्यक्रम अधिकृत शारदा प्रसाद पहाडी तथा नेफ्स्कूनको तर्फ बाट अनुगमन अधिकृत श्यामराजा तिमल्सिना र सिन्धुली सेवा केन्द्र प्रमुख श्याम बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षर गरी उक्त सम्झौता सम्पन्न भएको थियो ।

जिल्ला बचत संघ सिन्धुलीको व्यवस्थापनमा सञ्चालित उक्त कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष बालकुमारी श्रेष्ठले कार्यक्रमको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै यस कार्यक्रमले साकोसलाई नीति, विधि र प्रविधिमा लगी सक्षम र गुणस्तर साकोस निर्माणमा सहयोग मिल्ने बताउँदै अन्य साकोसहरु पनि कर्ब्स कार्यक्रममा जोडिन आव्हान गर्नुभएको थियो । साकोसहरुले सम्झौता पश्चात संस्थालाई निति, विधि र प्रविधिमा सञ्चालन गर्नको लागी थप सहयोग मिल्ने अपेक्षा गरेका छन् ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

मनकामना साकोसका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप