अब सहकारी संघ संस्थाले करचुक्ताको प्रमाणपत्र पाउन कोपोमिसमा अनिवार्य विवरण भर्नुपर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अब सहकारी संघ संस्थाले करचुक्ताको प्रमाणपत्र पाउन कोपोमिसमा अनिवार्य विवरण भर्नुपर्ने

काठमाडौं । सहकारी विभागले कोपोमिसमा अनिवार्य समष्टिगत विवरण नभर्ने सहकारी संघ संस्थाको करचुक्ता प्रमाणपत्र रोक्ने प्रक्रिया अगाडि बढाएको छ । कोपोमिसमा अनिवार्य समष्टिगत विवरण भर्ने सहकारी संघसंस्थाहरुलाई मात्रै कर चुक्ता प्रमाणपत्र उपलब्ध गराउन आन्तरिक राजश्व विभागलाई आज विभागका रजिष्ट्रारद्वारा पत्राचार भएको छ । अब सहकारीहरुले अनिवार्य रुपमा असार मसान्तसम्म कोपोमिसमा समष्टिगत विवरण भरिसक्नु पर्नेछ । 

सहकारी विभागले सबै प्रदेश सहकारी रजिष्ट्रार, स्थानीय तह, सहकारी महासंघ, केन्द्रीय संघहरु, सहकारी बैंक, जिल्ला संघहरुलाई कोपोमिसमा अनिवार्य विवरण भर्न  जेठ ९ गते नै पत्राचार मार्फत अनुरोध गरिसकेको थियो ।

विभागले ‘कोपोमिसमा समष्टिगत विवरण अनिवार्य इन्ट्री गरिसकेपछि सोही प्रणालीमा स्वतः सिर्जना हुने दाखिला नम्बर सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा पेश भएपछि मात्रै करचुक्ता प्रमाणपत्र दिने व्यवस्थाका लागि आन्तरिक राजश्व कार्यालयहरुमा परिपत्र गरिदिनुहुन भन्दै सम्बन्धित मन्त्रालयहरु सहित राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरुलाई बोधार्थ पठाएको छ । 

विभागले तोकिएको समयभित्र कोपोमिसमा नआउने सहकारीलाई सहकारी ऐन २०७४ अनुसार कारवाही गर्ने तथा सहकारीका सेवा सुविधा रोक्न सकिने पनि जनाएको छ । सहकारीले हरेक महिनाको ७ गतेभित्र मासिक विवरण, प्रत्येक चौमासिक अवधि व्यतित भएको १५ दिन भित्र चौमासिक र प्रत्येक आर्थिक वर्ष व्यतित भएको ३० दिन भित्र वार्षिक वित्तीय प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ भने ऐनले कोपोमिसमा नआउने सहकारीलाई तीन लाख सम्म जरिवाना हुने व्यवस्था गरेको छ ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३७ दिन अगाडि

पाठकबाट थप