काठमाडौं । सुर्यकोट बचत तथा ऋण सहकारी संस्था लि.काठमाडौंले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । साकोसका सेयर सदस्यहरु र सम्भावित सदस्यहरुलाई लक्षित गरी ह्याम्स अस्पतालसँगको संयुक्त आयोजनामा असार ४ गते शनिबार वृहत स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको साकोसकी शिक्षा उपसमितिकी संयोजक अम्बिका आचार्य क्षेत्रीले जानकारी गराउनुभयो ।
धुम्बाराहीमा अवस्थित ह्याम्स अस्पतालको २५ औं बार्षिकोत्सवको अवसरमा अस्पतालसँगको संयुक्त आयोजनामा सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम सञ्चालन गर्न लागिएको साकोसका अध्यक्ष रामशरण सुवेदीले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा ह्याम्स अस्पतालका विशेषज्ञ चिकित्सकहरुबाट सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराइनेछ ।
शिविरमा मुटुरोग, छालारोग, नाक कान घाँटी, स्त्री तथा प्रसुति रोग विशेषज्ञहरु सहित १९ जनाको टोली स्वास्थ्य परीक्षणमा सहभागी हुनेछन् । स्वास्थ्य परीक्षण जाँच शनिवार विहान ९ बजेदेखि ३ बजेसम्म कोटेश्वरस्थित कस्मीक ईन्टरनेशनल एकेडेमीको प्राङ्गणमा सञ्चालन हुनेछ । शिविरमा निःशुल्क इ.सि.जी. सेवा तथा औषधि वितरण समेत गरिनेछ ।
९ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
४ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
२२ दिन अगाडि
१३ दिन अगाडि