बागमती प्रदेश बचत संघको सेवा अब काठमाडौंबाट पनि
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश बचत संघको सेवा अब काठमाडौंबाट पनि

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) ले सदस्य संघसंस्थाहरुलाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो कर्पोरेट कार्यालयको औपचारिक शुभारम्भ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३१ स्थित नयाँबानेश्वर प्रयाग मार्गमा आइतबार एक कार्यक्रम बीच नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले कार्यालयको औपचारिक शुभारम्भ गर्नु भएको थियो ।

 कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, सहकारी बैंकका सञ्चालक रामहरी बजगाँई लगायत बागमती प्रोस्कूनका सञ्चालक समितिका पदाधिकारी एवम् सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु, काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाका सहकारी संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, साकोसका प्रमुख कार्यकारी अधिकृत एवम् व्यवस्थापकहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष पौड्यालले सबै सहकारी संघहरुले अभियानको बचत अभियान भित्र नै परिचालन गर्नु पर्नेमा जोड दिनुभयो । एउटा सहकारीमा समस्या आउँदा अभियानलाई नै दुख्छ र अभियानले नै सकारात्मक रुपमा व्यवस्थापन गर्न पहल गर्दछ भन्ने कुरामा उहाँले विशेष जोड दिनु भएको थियो । 

बनेपा–७, काभ्रेमा केन्द्रीय कार्यालय रहेको बागमती प्रोस्कून बागमती प्रदेश भरका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सदस्य सहकारी संस्थालाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न काठमाडौंमा कार्यालय स्थापना गरिएको संघका अध्यक्ष उद्धव सापकोटाले जानकारी गराउनुभयो ।

कार्यक्रम संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता र महासचिव जिवसराज खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप