‘सहकारीमा सुशासन कायम गर्न स्थानीय तहमा अनुगमन संयन्त्र निर्माण गर्नुपर्छ’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीमा सुशासन कायम गर्न स्थानीय तहमा अनुगमन संयन्त्र निर्माण गर्नुपर्छ’ 

काठमाडौं । जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको आयोजना र काभ्रे म्यानेजर्स क्लबको व्यवस्थापन सहयोगमा काभ्रे जिल्लामा सञ्चालित सहकारीका व्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठी २०७९ हिजोदेखि धुलिखेलमा जारी छ । दुई दिने गोष्ठीको उद्घाटन पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गर्नुभएको थियो । 

सहकारी संस्थाहरुको विकास र प्रवर्धनका लागि व्यवस्थापन प्रमुखहरुलाई दक्ष बनाउने उद्देश्यसहित जिल्ला संघ स्तरबाट काभ्रे जिल्ला संघले पहिलो जिल्लास्तरीय गोष्ठीको आयोजना गरेको हो । 

गोष्ठीलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले सहकारीको अनुगमन प्रभावकारी बनाउन स्थानीय तहबाटै शुरुवात गरिनुपर्ने बताउनुभएको छ । तीन तहका सरकार र त्यो मातहत सहकारी पुगेपछि अब सबै सहकरीको अनुगमन केन्द्रले गरेर सम्भब नहुने बताउँदै स्थानीय तहबाटै सहकारीको अनुगमन प्रणाली विकास हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अन्यथा सहकारीमा सुशासन कायम हुन सक्दैन । उहाँले भन्नुभयो, “३० हजार सहकारीको अनुगमन गरी सुशासन कायम गर्ने कार्य जटिल छ, नेपाल राष्ट्र बैंकलाई बैंकहरुको संख्या थोरै हुँदा त वित्तीय स्वस्थता कायम गराउन धौधौ परेको छ, सहकारीमा अझ धेरै ठूलो समस्या छ, त्यसका लागि स्थानीय तहबाटै अनुगम संयन्त्र विकास गरिनुपर्छ ।” 

बैंक वित्तीय क्षेत्रमा विद्यमान तरलता संकटको समस्या तत्काल समाधान नहुने पनि  डा. खतिवडाले बताउनुभएको छ । अस्वभाविक क्षेत्रमा लगानी बढेको हुँदा तरलता समस्या आएको भन्दै उहाँले त्यसलाई रोक्नुपर्ने बताउनुभयो । पूँजीगत पलायन, हुण्डी कारोबार एवं व्यापारमा हुने विचलनलाई रोक्न नसके तरलता समस्या हल गर्न नसकिनेतर्फ उहाँले संकेत गर्नुभयो । अहिले प्रणालीमा नै समस्या रहेकाले बैंक, वित्त र सहकारी संस्थामा एउटै समस्या आएको छ । उहाँले थप्नुभयो, “कोरोनालाई मात्र जोडेर तरलता समस्याको विश्लेषण गर्न नमिल्ने भन्दै विवेकपूर्ण तरिकाले लगानी नगर्दा समस्या आएको हो ।”

जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा सुरु भएको गोष्ठीको उद्घाटन सत्रमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बी. बस्नेत, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ, काभ्रेका सल्लाहकारहरु टिकाबल्लभ सापकोटा, विनोद पराजुली, मुकुन्दप्रसाद दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष जितेन्द्र नकर्मी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, काभ्रेका अध्यक्ष विधान जोशी लगायतले शुभकामना मन्तव्य व्यक्तगर्नुभएको थियो ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरुको व्यवस्थापकीय क्षमतामा विकास गर्ने, सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरुको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरुको पहिचान गरी न्युनीकरणका उपायहरु अबलम्वन गर्ने उद्देश्यले दुई दिने गोष्ठीको आयोजना गरिएको संघका अध्यक्ष दिलिप शर्माले बताउनुभयो । काभ्रेका सहकारीमार्फत २१ अर्बको पूँजी परिचालन भएको र त्यो पूँजीलाई उत्पादनसँग जोड्न सके रोजगारी सिर्जना र आर्थिक समृद्धिमा टेवा पुग्नेमा उहाँको जोड थियो ।  
अध्यक्ष शर्माले जिल्लाको सहकारी अभियानको समस्या समाधानका साथै सहकारी अभियानबीच एकताको सन्देश प्रवाह गर्न गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

गोष्ठीको पहिलो दिनमा प्रभावकारी वित्तीय संरचनाको विषयमा विषय विज्ञ कुवेर निरौला, राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका विषयमा डा. देवराज रोका, प्रभावकारी ऋण असुली विषयमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र सहकारीमा प्रविधिको विकास विषयमा एम बैंकका व्यापार प्रमुख सन्जय महासेठद्वारा कार्यपत्र प्रस्तुतीकरण भएका थिए । काभ्रेको सहकारी अभियान र गोष्ठीले बोकेको थिमका विषयमा जिल्ला संघका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र दाहालले प्रस्तुतीकरण गर्नुभएको थिए ।

चुनौतिपछि नयाँ सामान्य अवस्था अँगाल्दै सहकारी’ भन्ने नारासहित सुरु भएको गोष्ठीमा जिल्लाभरबाट १ सय २९ जना व्यवस्थापन प्रमुख तथा अधिकृतहरुको उपस्थिति रहेको छ । आज दोस्रो दिन विभिन्न विषय विज्ञहरुबाट महत्वपूर्ण प्रस्तुतीकरणहरु सहित सहकारी घोषणापत्र जारी गर्दै गोष्ठीको समापन हुनेछ ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप