सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न

रुपन्देही । नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीको आयोजनामा सदस्य संघ संस्थाहरुका लागि एक दिवसीय सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न भएको छ । संघका सञ्चालक सन्दीप सापकोटाको अध्यक्षतामा सम्पन्न तालिमको समापन समारोहमा प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, रुपन्देही जिल्ला बचत संघका अध्यक्ष प्रकाश भट्टराई, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य महेश्वर श्रेष्ठ, नेफस्कूनका कार्यक्रम अधिकृत मनोज खड्का, फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमाला, प्रदेश संघका व्यवस्थापक तारा अर्याल, जिल्ला बचत संघका व्यवस्थापक सर्मिला भट्टराई लगायतको उपस्थिति रहेको थियो ।  

कार्यक्रम समापनका अवसरमा रुपन्देही बचत संघका अध्यक्ष भट्टराईले सहकारीका मूल्य र सिद्धान्त सँगसँगै व्यवहार सञ्चालनमा पनि विशेष ध्यानदिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सहकारी संस्थाका कर्मचारीले सञ्चालक समितिलाई समेत आवश्यकता अनुसार प्रचलित कानुर र विधि अनुसार कार्यप्रक्रिया अगाडि बढाउन दिशा निर्देश गर्न सक्नुपर्ने धारणा राख्नुभएको थियो । 

प्रदेश बचत संघका अध्यक्ष नेपालले वर्तमान अवस्थामा सहकारी अभियानको लागि मुख्य तीन वटा चुनौतीको सामना गर्नुपरिरहेको, दृष्टीबन्धक रोक्काको समस्या समाधान भएको तर सहकारी ऐन विपरित भएका कर वृद्धि र कोरोना विमाको रकम फिर्ताको लागि थप संघर्ष गर्नुपर्ने धारणा राख्नु भयो । साथै सहकारी संस्थाका लागि क्षमता विकासका कार्यक्रमहरु निरन्तर आवश्यक पर्ने भएकोले अभियानले आयोजना गरेका तालिम तथा गोष्ठीहरुमा उत्सुकताका साथ सहभागी हुन सबैमा अनुरोध समेत गर्नुभएको थियो । 

कार्यक्रमका सभाअध्यक्ष सापकोटले संघले सदस्य संघ संस्थाको दिगोपन र सहकारी ऐन कार्यान्वयनका लागि नेपालको सहकारी अभियानमा अग्रणी भुमिका खेलिरहेको चर्चा गर्नुभएको थियो । साथै नेफ्स्कूनको अगुवाइ र सहकारी संघ संस्थाको सहभागितामा साकोस अभियानको जगेडा कोषको रुपमा स्थापित स्थिरीकरण कोष कार्यान्वयनको चरणमा आउनुले साकोस अभियानको लागि महत्वपूर्ण उपलब्धि प्राप्त भएको र स्तरीकरण कार्यक्रमबाट साकोसहरुको गुणस्तरमा सुधार आइरहेको धारणा राख्नु भयो । उहाँले अबको युव प्रविधिको युग भएकोले नेफ्स्कूनले साकोस अभियानलाई डिजिटाइजेनमा रुपान्तरण गर्न एकीकृत प्रविधि निमार्णको चरणमा रहेको समेत उल्लेख गर्नु भयो ।

तालिमका सहभागीहरुले महत्वपूर्ण विषयमा तालिम आयोजना गरि ज्ञान, सीप आर्जन गर्न अवसर प्रदान गरेकोमा नेफ्स्कून परिवारलाई धन्यवाद प्रकट गदै तालिमको निरन्तरताको अपेक्षा गर्नु भएको थियो । तालिममा रुपन्देहीमा सञ्चालित विभिन्न सहकारी संघ संस्थाबाट ४८ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्का र फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएको थियो भने तालिमको सञ्चालन फिल्ड कार्यालय सहायक कल्पना भण्डारीले गर्नु भएको थियो ।

 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप