काठमाडौं । नेफ्स्कूनको आयोजनामा दाङको घोराहीमा बचत तथा ऋण सहकारी संघ संस्थाहरुका लागि नेकोस प्लस सफ्टवेयर तालिम सुरु भएको छ । तालिमको उद्घाटन लुम्बिनी प्रदेश सहकारी संघका सचिव एवम् दाङ जिल्ला बचत संघका अध्यक्ष रुपबहादु खत्रीले गर्नुभएको थियो ।
तालिम उद्घाटन सत्रमा बोल्दै अध्यक्ष खत्रीले सहकारीहरुले अब ढिला नगरिकन कोपोमिसमा समष्टिगत डाटा भर्न अनुरोध गर्नुभएको थियो । उहाँले नेफ्स्कूनले सञ्चालन गरिरहेको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु कर्ब्स, प्रोबेसनमा सहभागी भएर संस्थागत सुशासन कायम गर्न समेत आव्हान गर्नुभएको थियो ।
तालिममा रुकुम, रोल्पा, प्यूठान, सल्यान र दाङ जिल्लाबाट गरी ३२ सहकारी संघ संस्थाबाट सहभागिता रहेको छ । आज र भोलि दुई दिन सञ्चालन हुने तालिमको सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदीले गर्नुभएको छ । तालिमको उद्घाटन सत्र सञ्चालन नेफ्स्कून दाङ फिल्ड कार्यालयका इन्चार्ज विष्णु जोशीले गर्नुभएको थियो ।
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
१५ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
१३ दिन अगाडि