प्रोबेसन कार्यक्रम अन्तर्गत ललितपुरमा उपत्यकाका साकोसहरुबीच सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोबेसन कार्यक्रम अन्तर्गत ललितपुरमा उपत्यकाका साकोसहरुबीच सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

ललितपुर । ग्लोबल बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) अन्तरगत ८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थपन कार्यशाला शुक्रबार सम्पन्न भएको छ । 

कार्यक्रम ग्लोबल साकोसका अध्यक्ष टलक श्रेष्ठको अध्यक्षता र नेफ्स्कून अध्यक्ष परितोष पौड्यालको प्रमुख अतिथ्यतामा शुरु भएको थियो ।

नेफ्स्कूनका अध्यक्ष पौड्यालले कोभिड पश्चातको दिनहरुमा अर्थतन्त्रमा आएको उतारचढाव तर्फ संकेत गर्दै आउने दिनहरु थप चुनौतिपूर्ण हुनसक्ने भन्दै यसका लागि बचाउ, विकास र संरक्षणको रणनीति अवलम्बन गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले साकोस अभियानलाई सुव्यवस्थित र जोखिम न्यूनिकरण गर्दै सञ्चालनमा सहजता र सरलता ल्याउनको लागि राज्यसँग कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरण स्थापना तथा सञ्चालनको लागि संघ निरन्तर लविङमा रहेको बताउनुभयो । 

कार्यक्रममा संकल्प स्वेक साकोस (काभ्रे), वनेपा साकोस (काभ्रे), शंघधर साकोस (भक्तपुर), छिन्नमस्ता महिला साकोस (भक्तपुर), वंगलामुखी साकोस (भक्तपुर), महिला अभियान साकोस (भक्तपुर), श्रीयुवा साकोस (भक्तपुर), खुल्ला बजार साकोस (काठमाडौं), आयाम साकोस (काठमाडौं) र ग्लोबल साकोस (ललितपुर) का जम्मा ३३ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप