बडीगाड गाउँपालिकामा सहकारी सम्बन्धी लेखा व्यवस्थाप तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बडीगाड गाउँपालिकामा सहकारी सम्बन्धी लेखा व्यवस्थाप तालिम सञ्चालन

बागलुङ । बडीगाड गाउँपालिकामा सहकारीको लेखा व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । बडीगाड गाउँपालिकाको आयोजना, बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को सहकार्य र नेफ्स्कूनको प्राविधिक सहयोगमा असार १२ गतेदेखि सञ्चालित तालिमको आज समापन हुँदैछ । 

तालिम शुभारम्भका अवसरमा नेफ्स्कूनका सञ्चालक सदस्य चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता र बडीगाड गाँउपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत नारायण भण्डारी, वडा नं. २ का अध्यक्ष ढालेन्द्र बहादुर शेरचन, वार्ड नं. ५ का अध्यक्ष विष्णु प्रसाद आचार्य, वार्ड नं. ७ का अध्यक्ष,  दिपेन्द्र प्रसाद पेसी, बागलुङ जिल्ला बचत संघका लेखा सुपरिवेक्षण समिति संयोजक महेन्द्र सिं रायमाझी, सवजल साकोस बाग्लुङका अध्यक्ष कृष्ण घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि गण्डकी थापा अधिकारीले गाउँपालिकाको नीति तथा कार्यक्रममा सहकारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको र नियमनको पाटोलाई पनि चुस्त दुरुस्त बनाइने बताउनुभयो । उहाँले बडीगाडमा १५ वटा सहकारी संस्था क्रियाशिल रहेको बताउँदै सदस्य र समाजमा आर्थिक रुपान्तरण ल्याउन अब सम्पूर्ण सहकारी क्रियाशिल बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सहकारी सहकारीको मर्म तथा सिद्धान्त बमोजिम सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सहकारीमार्फत गरिबी निवारणमा अतुलनीय योगदान रहेको हुँदा सहकारीले आफ्ना सदस्यहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्ने गरी वित्तीय सेवा तथा उपयुक्त सीप तालिम प्रदान गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रमका सभाध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले बडीगाड गाउँपालिकाको नीति तथा कार्यक्रममा सहकारी क्षेत्रलाई बिशेष प्राथमिकतामा राखिएको अभिव्यक्तिप्रति नेफ्स्कून र सहकारी अभियानको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो । सहकारी संस्था सञ्चालन ज्यादै कठिन कार्य रहेकोले सदस्यको चाहना आवश्यकता बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले सहकारी मार्फत गरिबी निवारणमा योगदान पुर्याउन अब साना सहकारी होइन एकीकरणमार्फत ठूला सहकारीको आवश्यकता भएको प्रष्ट पार्नुभएको थियो । 

तालिममा गाउँपालिका भित्र सञ्चालित विभिन्न बचत तथा ऋण  सहकारी संस्थाका पदाधिकारी, उपसमिति सदस्य एवम् कर्मचारीहरु सहित २१ जनाको उपस्थिति रहेको छ । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला र कार्यक्रम अधिकृत सूर्य तिमिल्सिनाले गर्नुभएको छ । तालिम आज साँझ समापन हुँदैछ । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप