काठमाडौं । एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेस अन्तर्गत छैंटौं समूहको एघारौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला असार १४ गते, मंगलबार मकवानपुरमा सम्पन्न भएको छ ।
जनचेतना साकोस मकवनापुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको कार्यशालामा आयोेजक साकोसकी अध्यक्ष जानुका दुबादीको अध्यक्षता र मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यशालामा मकवानपुरका जागरण साकोस, महिला अभियान साकोस, जनचेतना साकोस, महिला मिलन साकोस, रौतहटको नवविकास साकोस, चितवनका ग्रामिण साकोस, हाम्रो चित्रवन साकोस र प्रभात दिदीबहिनी गरी ८ साकोसका एक्सेस कार्यदल संयोजक, सदस्य र व्यवस्थापक सहित आयोजक साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यशालाको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले गर्नुभएको थियो ।
५ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१५ दिन अगाडि
१६ दिन अगाडि
३३ दिन अगाडि
७ दिन अगाडि
२२ दिन अगाडि
२५ दिन अगाडि
२५ दिन अगाडि
२५ दिन अगाडि
२३ दिन अगाडि
३१ दिन अगाडि