पुराना साझा (सहकारी) संघ/संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण पठाउन विभागद्वारा निर्देशन जारी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पुराना साझा (सहकारी) संघ/संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण पठाउन विभागद्वारा निर्देशन जारी 

काठमाडौं । राष्ट्रिय सहकारी विभागले पुराना साझा (सहकारी ) संघ/संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण भरी भराई २०७९ श्रावण १७ गतेभित्र विभागमा पठाउन बुधबार निर्देशन जारी गरेको छ । 

पुराना साझा (सहकारी) संस्थाको सम्पत्ति, दायित्व यकिन गर्न तथा सदस्यको ऋण व्यवस्थापन गरी रोक्का भएका जग्गा फुकुवा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको निर्णय अनुसार उक्त विवरण पठाउन निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागका रजिष्ट्रारको संयोजकत्वमा गठन भएको कार्यदलको बैठकको निर्णयबाट साविकका संस्थामा आवद्ध रहेका सदस्यहरुले संस्थागत २०४९ जेठ २ अगावै गरेको ऋणको कारोबारबाट उल्लेखित विषयहरु स्पष्ट रुपमा खुल्नेगरी साउन १५ भित्र पठाउन निर्देशन दिएको छ ।

संस्थाले साझा (सहकारी) संस्थालाई हालसम्म तिर्न बाँकी रहेको साँवा, ब्याज, हर्जना समेत जम्मा तिर्नुपर्ने दायित्व रकम, संस्थाका सदस्यको नाममा रोक्का रहेको घरजग्गा र रोक्का राख्ने बैंकको विवरण तथा संस्थाका सदस्यलाई ऋण प्रवाह गर्ने शिलशिलामा तत्कालिन साझा (सहकारी)संघ संस्थाले कृषि विकास बैंकसँग लिएको ऋणको विवरण पठाउन भनिएको छ ।

विभागले प्रदेश सहकारी मन्त्रालय, प्रदेश रजिष्ट्रारको कार्यालय तथा सबै स्थानीय तहहरु र सहकारी महासंघ, केन्द्रीय सहकारी संघ एंव जिल्ला संघलाई समेत जारी सूचनालाई आधार मानी विवरण भर्ने भराउने कार्यमा सहजीकरण गरिदिन अनुरोध समेत गरेको छ । साउन १७ गतेभित्र विवरण पेश हुन नआएमा पछि छुट हुन गएको भनी मागदावी गर्न पाइने छैन ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप