‘प्रविधिको माध्यमबाट सहकारी संस्थालाई एक ठाउँमा जोड्दैछौं’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘प्रविधिको माध्यमबाट सहकारी संस्थालाई एक ठाउँमा जोड्दैछौं’ 

 सहकारीले सुन्दर संसारको निर्माण गर्छ । हामीले भनेका पनि छौं, हामी सुन्दर संसारको निर्माण गछौं । त्यही सुन्दर संसार निर्माणको लागि प्रतिवद्धता जनाउन साकोस गोष्ठीमा सहभागि भएका छौं । 
हामीलाई थाहा छ, कोभिड १९ हाम्रो बीचमा आयो । कहिले सदस्यमा प्रभाव पार्दै हाम्रो जीवनलाई अस्तव्यस्त बनाउँदै आयो । पहिलो चरणमा सदस्यलाई प्रभाव पारेको कोभिड १९ ले दोस्रो चरणमा संस्थालाई प्रभाव पार्यो । जनजीवनलाई अस्तव्यस्त बनायो । अहिले तेस्रो चरणमा छ र आर्थिक मन्दीको स्वरुपमा आईरहेको छ । आर्थिक मन्दीको स्वरुपमा आईरहदा विश्वव्यापी रुपमा सामना गरिरहेका छौं । सामना शक्ति निर्माण गर्नुपर्छ भनेर एक साथ अगाडि बढिरहेका छौं  । 

अन्तर्राष्ट्रिय रुपमा देखा परेको आर्थिक मन्दी नेपालमा पनि हामीले विभिन्न ढंगले सामाना गरिरहेका छौं । आय श्रृङ्खला विग्रदै छ । धन सिर्जनाका आयामहरु नष्ट हुँदैछन् । त्यसलाई पुर्नजागरित गर्न सकिएको छैन । सामाजिक जिवनमा यसले प्रभाव पारिरहेको छ । पछिल्लो दिनमा हेर्ने हो भने राज्यको यस्तो प्रणालीमा असर गरिरहेको छ । रेमिट्यान्समा समस्या, मुद्रा सञ्चिति कमजोर हुने स्थिति, मुल्यवृद्धि बढिरहेको स्थिति र वित्तिय सन्तुलन र वित्तिय स्थिरता कायम गर्न नसकेको अवस्था भएपनि निरासाकै बीचमा साहसका साथ, हामी चुनौतिकै बीचमा अवसरका साथ जुटिरहेका छौ । 

चुनौतिकै बीच अगाडि बढ्नका लागि हामीले शान्ति, समानता, श्रम, स्वतन्त्रता, प्रभुत्वका निम्ति हामीले नारा अगाडि सारेका छौ । सहकारी नाराले सुन्दर संसार निमार्ण गर्छ भन्ने अभिप्रायलाई हामीले संस्थागत गरेका छौं । 

दिगो विकास रणनीतिलाई हामीले अगाडि बढाएका छौं । जीवनको सहयात्री रुपमा सहकारी अभियानलाई परिचालन हुनैपर्छ । नागरिक, संसार र समृद्धिको यात्रासँग सहकारीलाई जोड्नुपर्छ । नियामक निकाय र सहकारीका अभियान्ताहरुको सम्वन्ध कस्तो हुने यो कुरालाई हामीले ध्यान दिनुपर्छ । 

मोरङको सहकारी अभियानले देशभरका सहकारीकर्मीलाई सिकाईरहेको छ । बैचारिक, भौतिक लगायत सबै पक्षको उत्कृष्ठ रुपमा मोरङ सफल भएको छ । सहकारी अभियानको रुपमा अन्य ठाउँलाई पनि सिकाईरहेको छ । स्तरीकरण कार्यक्रम मोरङबाट सुरु भएको हो । स्थिरीकरण र स्तरीकरण यी दुईले सहकारी क्षेत्रलाई अगाडि बढाउनेछ । यदि स्थिरीकरणलाई सहकारी जोखिममा गाभेर यसलाई बचाउनको लागि हामीले कोष निर्माण गरेका छौं । कोषबाट सहयोग हुन्छ । 

हामीले हाम्रो प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जानेछौं । कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरणको सुरुवात लगायतका काम हामीले सुरुवात गरेका छौं । 

अहिले केहि विधि, केहि विषयमा केहि केहि समस्याहरु देखा परेका छन् । ऐनमा पनि संशोधन गर्नुपर्ने केहि विषय छ । ऐन कार्यन्वयका विषय केहि चुनौतीपूर्ण बन्दै गएका छन् । संविधान कार्यान्वयनमा समस्या छ । 

बचत र बचतको विविधिकरण, बीमा, पैसाको विश्वभरी आवत जावत भईरहेको कुरालाई संस्थागत गर्ने कुरामा सहकारी अभियान अगाडि बढीरहेको छ । सामाजिक पुँजीको निर्माण, अन्तरसम्वन्धलाई संस्थागत गर्ने विषय नेफ्स्कूनले अगाडि बढाईरहेको छ । 

नेफ्स्कूनले सहकारी संस्थालाई प्रविधिको आधारमा सम्पूर्णलाई एकैठाउँमा जोड्नको लागि कोशिस गरिरहेको छ । सहकारीले देशको वित्तिय क्षेत्रमा ठूलो योगदान पुर्याएको छ  ।

अबको १० बर्षमा दोकान हुँदैनन् । अबको १० बर्षमा कोही पनि मानिस सामान किन्न बाहिर जानुपर्दैन । भर्चुअल बैंकहरु संस्थागत भएर गईरहेको अवस्थामा अब यसको विस्तार तीब्र रुपमा हुनेछ । मानिसहरुले पैसा देख्न पाउने छैनन् । अहिले प्रविधिले जसरी फड्को मारिरहेको छ । त्यही अनुसार हामी पनि अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ । 

विश्व अहिले डिजिटलाईजेशनको सन्दर्भमा नयाँ आयममा अगाडि बढिरहेको छ । डिजिटलाईजेशन र फाइनान्सियल एजुकेशन न्यू नर्मलको बेसिक प्लानको रुपमा जोडिएको छ ।  विश्वका धेरै देशले डिजिटल नेशन बनाउने अभियान शुरु गरेका छन् । सबै देशहरुले सन् २०३० सम्म इकोनमी पेपरलेस्, क्यासलेस्को ग्लोबल एजेन्डा बोकेका छन् । जापानले आफूलाई टोटल डिजिटलाईजेशन गर्ने घोषणा गरिसकेको छ । अब जापानमा पैसा छापिनेछैन । दक्षिण कोरिया पनि सन् २०२५ सम्ममा पैसा नछाप्ने तयारीमा पुगेको छ । ग्लोबली डिजिटलाईजेशनको कुरा अझै फराकिलो ढंगले अगाडी बढेको छ । यसलाई अगाडि बढाउनका लागि फाइनान्सियल टेक्नोलोजी एजुकेशनको महत्वपूर्ण भूमिका रहनेछ ।

अब हामीले सबै एकै ठाउँबाट काम गर्न सकिने सफ्टवयर निर्माण गर्न गईरहेका छौं । हामीले अहिले ७५ जना इन्जिनियर लगाएर काम गरिरहेका छौं । 

नेफ्स्कूनले कोर बैंकिङ सिस्टमभित्र सबै डिजिटल पेमेन्टलाई राखेर एउटा साकोस कनेक्ट भन्ने नयाँ टेक्नोलोजीको सुरुवात गरेका छौँ । त्यसबाट हामीले ओम्नी च्यानल विकास गर्नेछौं । त्यसमा सबै किसिमका एकाउन्टिङ सफ्टवेयरहरु एकआपसमा अन्तरसहकारी कारोबार भुक्तानी गर्न सक्ने विधि बनाएका छौं ।

बचत तथा ऋण सहकारी संस्था, हाम्रो प्रारम्भिक संस्थाका सदस्य मात्रै यसभित्रका सिमा हुने हुँदा अब नेपालका प्रारम्भिक संस्थाका सदस्यहरुले यो आधुनिक तहको एकाउन्टिङ सफ्टवेयर चलाएर एउटै छाताको शुरुवात गर्नुपर्नेछ । सबै साकोस कनेक्टलाई हामीले एपीआई कनेक्ट दिने भनेका छौँ । त्यसो हुँदा नेपाल भरि भएका सहकारी संस्थाले साकोस कनेक्ट प्रविधिलाई प्रयोग गरेर सबै सुविधा लिनेछन् । 

जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको आयोजनामा भएको साकोस गोष्ठीमा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले राख्नुभएको मन्तव्यको सम्पादित अंशः
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप