ऋण परामर्श तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण परामर्श तालिम सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौंका वित्तीय कारोबारमा सहभागी साकोस प्रतिनिधिहरुका लागि शुक्रबार एक दिवसीय निशुल्क: ऋण परामर्श तालिम प्रदान गरिएको छ । तालिममा काठमाडौंका विभिन्न २० बचत तथा ऋण सहकारी संस्थाबाट २३ जनाको सहभागिता रहेको थियो । तालिम समापन समारोहमा संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीना, सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र व्यवसाय अधिकृत मनोज बुढाथोकी को उपस्थिति थियो । 

संघका प्रमुख कार्यकारी अधिकृत पोखरेलले ऋण सहकारी संस्थाको मुटु रहेको बताउँदै ऋणमा परामर्शको कार्य निकै महत्वपूर्ण रहने बताउनुभयो । सहकारीमा ‘फाइभ सी’ (Capacity to pay, Character, Collateral, Capital, Condition) विश्लेषणका लागि सूचना प्राप्ती, ऋण ताकेता तथा असुलीका लागि संस्थागत नीति कार्यान्वयनलाई ऋण परामर्शमा जोड्नुपर्ने उहाँले बताउनुभयो । संस्थाको कुल आम्दानीको ९५ प्रतिशतभन्दा बढी आम्दानी ऋणले गर्नुपर्ने हुँदा साकोसको ऋण लगानी र असुली प्रक्रिया राम्रो बनाउन प्रभावकारी ऋण परामर्श आवश्यक हुनेमा उहाँले जोडदिनुभयो । 

संघका सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीनाले ऋण परामर्श गर्दा जहिले पनि ऋणीको व्यवसाय र सदस्यको बारेमा राम्रो जानकारी राख्नुपर्ने बताउनुभयो । सही ढंगले ऋणको परामर्श गरी लगानी गरेमा साकोसमा वित्तीय जोखिम न्यून हुने विषयमा उहाँले जोड दिनुभएको थियो । 

तालिममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख ढकालले ऋण परामर्श राम्रो भएमा ऋणको गुणस्तर बृद्धि हुनुका साथै ऋण मागमा पनि ऋणीले पुनर्विचार गर्न सक्ने बताउनुभएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र व्यवसाय अधिकृत समिट खड्काले गर्नुभएको थियो भने तालिमको व्यवस्थापन सहजीकरण संघका अन्तरलगानी सहायक कर्मचारी सौरभ चौलागाईले गर्नुभएको थियो ।  

स्मरण साकोसका व्यवस्थापक निर्मल हुँमागाई र प्रतिबद्ध मिलिजुली साकोसकी व्यवस्थापक कमला वस्नेतले साकोसको ऋण लगानी अवस्था र वित्तीय जोखिमको बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।  
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप