‘समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि सहकारीको योगदान महत्वपूर्ण छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि सहकारीको योगदान महत्वपूर्ण छ’

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी लि. मोरङको आयोजनामा दुई दिने साकोस गोष्ठी २०७९ शनिबार देखि शुरु भएको छ । 

गोष्ठी उद्घाटन समारोहमा संघका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले सहकारीले सुन्दर संसारको निर्माण गर्छ भन्ने नारा सहित आज १००औं अन्तर्राष्ट्रिय सहकारी दिवस अभियानबीच एकसाथ मनाइरहँदा सम्पूर्णमा सहकारी मार्फत समुन्नत समाज, राष्ट्र र विश्व निमार्णको अभियानमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो । सहकरी मार्फत रुपान्तरणको अभियानलाई संस्थागत गर्दै समुन्नत र समृद्ध राष्ट्र निर्माणमा सहकारीको योगदान बढाउनुपर्नेमा उहाँको जोड रहेको थियो । 

उहाँले मोरङ जिल्ला सहकारी अभियानमा एक अनुकरणीय जिल्लाको रुपमा रहेको र स्तरीकरण अभियानको सुत्रपातको श्रेय पनि मोरङ रहेको प्रशङ्ग उल्लेख गर्नुभएको थियो । उहाँले अभियानमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै र कर्जा सूचना केन्द,्र ऋण असुली न्यायाधिकरण लगायतका विषयको सुरुवातमा पनि निरन्तर लागिरहेका बताउनुभयो ।  

विश्व डिजिटलाईजेशनको सन्दर्भमा नयाँ आयममा अगाडि बढिरहेको सन्दर्भमा नेपालको सहकारी अभियानमा पनि अब एकीकृत प्रविधि विकास र प्रयोगलाई बढाउनुपर्ने आवश्यकता औल्याउँदै नेफ्स्कूनले प्राविधिक एकरुपता कायम गर्न प्रविधि विकासमा नयाँ आयामको थालनी गरिरहेको समेत अध्यक्ष पौड्यालले जानकारी गराउनुभयो । 

पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाह तुम्हाङ्फोले सहकारी क्षेत्रमा महत्वपूर्ण र उल्लेखनीय कामहरु पनि भएको र कमी कमजोरी तथा विसंगती पनि उत्तिकै रहेको बताउनुभयो । सञ्चालकले सहकारीको पैसा हिनामिना गरेका विषयहरु नगरमा गुनासो आइरहेको बताउँदै नगर प्रमुख तुम्हाङ्फोले सहकारीले मुल्य मान्यता र सिद्धान्तको पालना गरेर मात्र सहकारी संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

संघले आफुले नेतृत्व गरिरेको मात्र हैन गाउँ ठाउँमा रहेको साना तथा अन्य सहकारीको  पनि उचित नेतृत्व दिन संघले नेतृत्वदायि भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एक जना व्यक्ति ५÷६ वटा सहकारीमा आवद्ध हुने र एउटाबाट एक उदेश्यले ऋण लिने अनि त्यसको लागि खर्च नभई अर्को सहकारीको ऋण तिर्नको लागि प्रयोग हुने प्रवृत्ति रहेकाले यसले व्यक्ति र संस्था दुवैलाई असर पुग्ने हुँदा यस्ता गतिविधिहरु नियन्त्रण गर्नुपर्ने मेयर तुम्हाङ्फोले बताउनुभयो । सहकारी अभियानले गलत गतिविधिलाई निरुत्साहित गर्दै जानुपर्ने उहाँको भनाई थियो । 

सुनसरी बचत संघकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीले गोष्ठीहरुबाट सहकारी सञ्चालकहरुलाई सिकाई हुने बताउनुभयो । उहाँले सहकारीमा काम गर्दै र सिक्दै गईरहेको अवस्थामा यस्ता कार्यक्रमहरुले  संस्थालाई अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

शनिबार र आईतबार हुने गोष्ठीमा मोरङ जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र व्यवस्थापकहरु गरी करिब ३३० जनाको सहभागिता रहेको छ । गोष्ठीको आज साँझ समापन हुँदैछ ।

गोष्ठीको पहिलो दिन नेपाल सरकारका पूर्व सचिव गोनीनाथ मैनाली र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संघका महासचिव दामोदर अधिकारीले साकोस सञ्जालिकरण र प्रविधि विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पूर्व सचिव मैनालीले सहकारीको नियमन र प्रवर्धनमा नियामक निकायको भूमिका र सवालका क्षेत्रहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

दोस्रो दिन आइतबार कानेपोखरी गाउँपालिकाका निर्वतमान अध्यक्ष तारा बहादुर काफ्ले, राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सि.ए. बद्रिकुमार गुरागाई र डिग्री क्याम्पस विराटनगरका प्राध्यापक डा. अर्जुन बरालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

संघले यसअघि २०७५ बैशाख ३० र ३१ गते पहिलो साकोस गोष्ठी गरेको थियो । संघ स्थापनाको दिन साकोस गोष्ठी गर्ने योजना रहेपनि यसबर्ष कोरोना तथा चुनावका कारण अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर गरिएको संघका सचिव एकराज निरौलाले जानकारी दिनुभयो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप