११ बुँदे घोषणापत्र जारी गर्दै मोरङ साकोस गोष्ठी सम्पन्न,  नविनतम साझा प्रविधिको पहुँच विस्तारमा जोड दिइने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
११ बुँदे घोषणापत्र जारी गर्दै मोरङ साकोस गोष्ठी सम्पन्न,  नविनतम साझा प्रविधिको पहुँच विस्तारमा जोड दिइने

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी लि. मोरङको आयोजनामा पथरी शनिश्चरेमा सञ्चालित मोरङ साकोस गोष्ठी २०७९, ११ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । गोष्ठी समापन समारोहका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल हुनुहुन्थ्यो । 

जिल्ला बचत संघका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षता सहित  समारोहका अन्य अतिथिहरुमा नेफ्स्कूनकी सञ्चालक सदस्य गोमा नेपाल, नेफ्स्कूनका पूर्व सञ्चालक ताराबहादुर काफ्ले, प्राध्यापक गिता अधिकारी, प्राध्यापक डा. अर्जु बराल लगायत सहकारीकर्मीहरु रहनुभएको थियो । 

समापन समारोहका प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संघ संस्थालाई सुशासनमा सञ्चालन गर्न सहकारीका नीति विधि र प्रविधिको पालना सँगै सहकारी ऐन र नियमावलीको कार्यान्वयतर्फ जोड दिनुपर्ने बताउनुभयो । उहाँले प्रविधिको पहुँच विस्तार गरी सहकारीका सदस्यहरुमाझ गुणस्तरीय सेवा प्रवाह गर्न सकिने भएकोले अभियानमा साझा एकीकृत प्रविधि विकास गरी प्रयोगमा एकरुपता ल्याउनुपर्नेमा जोड दिनुभयो । 

नेपालको साकोस अभियानमा २८ बर्षदेखि क्रियाशिल जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङले सदस्य संस्थाहरुको दिगो संस्थागत विकासका लागि श्रृंखलाबद्ध गोष्ठीहरु आयोजना गर्दै आइरहेको छ ।

 अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजना गरिएको दुई दिनको गोष्ठीले सहकारी अभियानका विज्ञ एवम् सहभागीहरुबीचको छलफलबाट साकोस अभियानको भावी कार्यदिशा तय गर्ने उद्देश्यसहित ११ बुँदे घोषणपत्र जारी गर्दै कार्यान्वयन प्रतिवद्धता व्यक्त गरेको छ । 

घोषणामा सहकारी सेवाको पहुँच बृद्धि गरी दिगो, एकीकृत र नविनतम साझा प्रविधिमा आधारित सञ्जालीकरणको माध्यमबाट सदस्यहरुलाई एउटै नीति, विधि र प्रविधिबाट प्रभावकारी सेवा दिन प्रतिबद्धता जारी गरेको छ । सदस्यहरुलाई सीप तालिम प्रदान गर्ने र उत्पादनसँग जोडेर व्यावसायिकता विकास सँगसँगै गरिबी न्यूनीकरणतर्फ उन्मुख हुन प्रतिबद्धता जाहेर गरेको छ । 

संस्थाको वित्तीय जोखिम र भविष्यमा आउन सक्ने संकटपूर्ण अवस्थालाई न्यूनीकरण गर्न पर्ल्स अनुगमन प्रणाली लगायत समयानुकुल वित्तीय मापन तथा विश्लेषणका औजारहरुको पूर्ण प्रयोग गरी वित्तीय अनुपात मिला गर्दै संस्थाको पुँजी बृद्धि गर्न र स्तरीय लेखामान अनुसार वित्तीय विवरण प्रस्तुत गरिने प्रतिबद्धता जारी गरेको छ । 

सहकारी क्षेत्रको सेवा प्रविधिमैत्री बनाउन सम्बन्धित सरोकारवाल निकायहरुमा पहल गरी लागत न्यूनीकरण र सबै सहकारीमा नविनतम साझा प्रविधिलाई सञ्जालको साझा प्रविधिको रुपमा पहुँच पुर्याउने वातावरण तयार गर्ने प्रतिवद्धता गरेको छ । 

सहकारीको तथ्यांकलाई अद्यावधिक गरी नियमनलाई प्रभावकारी बनाउन कोपोमिसलाई अनिवार्य अद्यावधिक गरी सम्बन्धित निकाय छाता संघलाई अद्यावधिक प्रतिवेदन पेश गर्न प्रतिबद्धता जाहेर गरेको छ । त्यसैगरी सहकारीमा लाग्दै आएको आयकर र स्थानीय करलाई न्यूनीकरण गराउनेतर्फ सहकारी अभियानको पहलकदमीमा ऐक्यवद्धता जनाउन प्रतिबद्धता जाहेर गरेको छ । त्यसैगरी अघिल्ला गोष्ठीहरुको निष्कर्ष र प्रतिवद्धताहरुलाई समयानुकुल अद्यावधिक गरी कार्यान्वयन गर्न र आगामी तीन बर्ष भित्रमा त्यसको समिक्षा समेत हुने गरी अर्को साकोस गोष्ठीलाई निरन्तरता दिन प्रतिबद्ध रहेको जनाएको छ । 

असार १८ र १९ दुई दिन सञ्चालित गोष्ठीमा सहकारी क्षेत्रका विभिन्न विषयविज्ञहरुबाट विभिन्न ५ विषयवस्तुमा कार्यपत्र प्रस्तुतीकरण भएका थिए ।   

गोष्ठीको पहिलो दिन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले साकोस सञ्जालिकरण र प्रविधि विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथी टिप्पणी जिल्ला सहकारी संघ र प्रदेश सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले गर्नुभएको थियो । उहाँ महेन्द्र मोरङ क्याम्पसका सहायक क्याम्पस प्रमुख समेत हुनुहुन्छ । त्यसैगरी दोस्रो सत्र नेपाल सरकारका पूर्व सचिव गोनीनाथ मैनालीले सहकारीको नियमन र प्रवर्धनमा नियामक निकायको भूमिका र सवालका क्षेत्रहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रस्तुतीकरणमाथी नेपाल वहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष एवम् राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य रामचन्द्र उप्रेतीले गर्नुभएको थियो । 

त्यसैगरी दोस्रो दिनको पहिलो सत्र स्नातकोत्तर क्याम्पस विराटनगरका प्राध्यापक डा. अर्जुन बरालले आर्थिक समृद्धिको यात्रामाः नेपालको सहकारी आन्दोलन विषयक प्रस्तुतीकरण गर्नुभएको थियो भने दमक क्याम्पसका पूर्व सह प्राध्यापक गिता अधिकारीले टिप्पणी गर्नुभएको थियो । उहाँ दमक नगरपालिकाको निवर्तमान उपप्रमुख समेत हुनुहुन्छ । 

कानेपोखरी गाउँपालिकाका पूर्व अध्यक्ष एवम् जिल्ला बचत संघ मोरङका पूर्व अध्यक्ष ताराबहादुर काफ्लेले संघीयतामा सहकारी स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथी टिप्पणी प्रदेश नं. १, प्रदेश रजिष्ट्रार कार्यालयका नि.रजिष्ट्रार हरिवहादुर खत्रीले गर्नुभएको थियो । 

गोष्ठीको अन्तिम सत्र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले जोखिम न्यूनीकरण एवम् सक्षम सहकारी विकासको आधार विषयक कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यपत्रमाथी टिप्पणी महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्राध्यापक डा. मोहन सुवेदीले गर्नुभएको थियो । 

१००औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार सुरु गोष्ठीको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । गोष्ठीमा जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र व्यवस्थापकहरु गरी करिब ३३० जनाको सहभागिता रहेको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप