सुर्खेतमा सहकारीहरूका लागि कोपोमिस सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतमा सहकारीहरूका लागि कोपोमिस सम्बन्धी तालिम सञ्चालन

सुर्खेत । बीरेन्द्रनगर नगरपालिका र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को संयुक्त आयोजनामा सहकारी संघ संस्थाहरुका लागि कोपोमिस सञ्चालन सम्बन्धी तालिम आजबाट सुरु भएको छ । असार २० र २१ दुई दिन सञ्चालन हुने तालिममा बीरेन्द्रनगर नगरपालिकाका विभिन्न बचत तथा ऋण सहकारी संस्था र बहुउद्देश्यीय सहकारी संस्था गरी ३६ सहकारीबाट सहकारीकर्मीहरुको सहभागिता रहेको छ ।

तालिम सुर्खेत फिल्ड व्यवस्थापन उपसमिति सदस्य बम बहादुर बि.सीको अध्यक्षता, नगरपालिकाका शाखा प्रमुख टंक प्रकाश लामिछानेको प्रमुख आतिथ्यता तथा सहकारी तथा गरिबी निवारण शाखा प्रमुख निर्मला भट्टराईको आतिथ्यतामा सुरु भएको थियो । 

प्रमुख अतिथि टंक प्रकाश लामिछानेकले बीरेन्द्रनगर नगरपालिका भित्र सञ्चालित सहकारी संघ संस्थाहरुलाई कोपोमिसमा अनिवार्य सहकारीका समष्टिगत विवरण भर्न लगाउने उद्देश्यसहित तालिमको आयोजना गरिएको बताउनुभयो । सहकारी विभागले जारी गरेको सूचना सम्पूर्ण सहकारी संघ संस्थाले पालना गनुपर्ने र सहकारी सम्बन्धी वास्तविक तथ्यांक राज्यलाई दिनुपर्ने भएकोले सबै सहकारी संस्थाले कोपोमिसमा आफ्ना सहकारीको तथ्यांक भर्न उहाँले अनुरोध गर्नुभएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कून केन्द्रीय कार्यालयका कर्मचारी मनोहर आचार्यले गर्नुभएको छ । नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय सहायक मदन कुमार चन्दले सञ्चालन गर्नुभएको कार्यक्रमको व्यवस्थापन  फिल्ड कार्यालय सहायक बम बहादुर पुनले गर्नुभएको थियो । 

सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) कार्यान्वयनका लागि सहकारी विभागले प्रदेश सरकार, स्थानीय तह र सहकारी संघ संस्थाहरुलाई पत्राचार गरी यही मंसिरभित्र सबै सहकारीलाई कोपोमिस सिस्टममा ल्याउने तयारी गरेको छ । 

नेफ्स्कूनले आफ्ना सबै फिल्ड कार्यालयहरु मार्फत कोपोमिसमा सहकारीका डाटा प्रविष्टिका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गरिरहेको छ भने पछिल्ला दिनहरुमा ठूलो संख्यामा बचत तथा ऋण सहकारी संस्थाहरुले सहकारीका समष्टिगत डाटा प्रविष्टि गरिरहेका छन् । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप