सुर्खेतमा सहकारीहरूका लागि कोपोमिस सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतमा सहकारीहरूका लागि कोपोमिस सम्बन्धी तालिम सञ्चालन

सुर्खेत । बीरेन्द्रनगर नगरपालिका र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को संयुक्त आयोजनामा सहकारी संघ संस्थाहरुका लागि कोपोमिस सञ्चालन सम्बन्धी तालिम आजबाट सुरु भएको छ । असार २० र २१ दुई दिन सञ्चालन हुने तालिममा बीरेन्द्रनगर नगरपालिकाका विभिन्न बचत तथा ऋण सहकारी संस्था र बहुउद्देश्यीय सहकारी संस्था गरी ३६ सहकारीबाट सहकारीकर्मीहरुको सहभागिता रहेको छ ।

तालिम सुर्खेत फिल्ड व्यवस्थापन उपसमिति सदस्य बम बहादुर बि.सीको अध्यक्षता, नगरपालिकाका शाखा प्रमुख टंक प्रकाश लामिछानेको प्रमुख आतिथ्यता तथा सहकारी तथा गरिबी निवारण शाखा प्रमुख निर्मला भट्टराईको आतिथ्यतामा सुरु भएको थियो । 

प्रमुख अतिथि टंक प्रकाश लामिछानेकले बीरेन्द्रनगर नगरपालिका भित्र सञ्चालित सहकारी संघ संस्थाहरुलाई कोपोमिसमा अनिवार्य सहकारीका समष्टिगत विवरण भर्न लगाउने उद्देश्यसहित तालिमको आयोजना गरिएको बताउनुभयो । सहकारी विभागले जारी गरेको सूचना सम्पूर्ण सहकारी संघ संस्थाले पालना गनुपर्ने र सहकारी सम्बन्धी वास्तविक तथ्यांक राज्यलाई दिनुपर्ने भएकोले सबै सहकारी संस्थाले कोपोमिसमा आफ्ना सहकारीको तथ्यांक भर्न उहाँले अनुरोध गर्नुभएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कून केन्द्रीय कार्यालयका कर्मचारी मनोहर आचार्यले गर्नुभएको छ । नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय सहायक मदन कुमार चन्दले सञ्चालन गर्नुभएको कार्यक्रमको व्यवस्थापन  फिल्ड कार्यालय सहायक बम बहादुर पुनले गर्नुभएको थियो । 

सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) कार्यान्वयनका लागि सहकारी विभागले प्रदेश सरकार, स्थानीय तह र सहकारी संघ संस्थाहरुलाई पत्राचार गरी यही मंसिरभित्र सबै सहकारीलाई कोपोमिस सिस्टममा ल्याउने तयारी गरेको छ । 

नेफ्स्कूनले आफ्ना सबै फिल्ड कार्यालयहरु मार्फत कोपोमिसमा सहकारीका डाटा प्रविष्टिका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गरिरहेको छ भने पछिल्ला दिनहरुमा ठूलो संख्यामा बचत तथा ऋण सहकारी संस्थाहरुले सहकारीका समष्टिगत डाटा प्रविष्टि गरिरहेका छन् । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२८ मिनेट अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२८ मिनेट अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पाठकबाट थप