भक्तपुरका साकोसहरुबीच वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरका साकोसहरुबीच वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) भक्तपुर फिल्ड कार्यालयको आयोजनामा भक्तपुर फिल्ड अन्तर्गत कारोबाररत बचत तथा ऋण सहकारी संस्थाहरुका लागि एक दिवसीय निशुल्क बार्षिक योजना तथा बजेट निर्माण तालिम सोमबार सम्पन्न भएको छ ।

तालिममा भक्तपुरका ६० बचत तथा ऋण सहकारी संस्थाका ६० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त तालिम समापन समारोहमा नेफ्स्कूनकी सञ्चालक सदस्य एवम् भक्तपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक मन्दरा मिश्र प्रमुख व्यक्ति रहनुभएको थियो ।  

प्रमुख व्यक्ति मन्दरा मिश्रले आर्थिक बर्षको समाप्ती अगावै वार्षिक योजना तथा बजेट निर्माण गरी सञ्चालक समितिबाट पारित र आगामी साधारणसभाबाट अनुमोदन गराउनुपर्नेमा जोड दिनुभयो । साथै योजना विनाको साकोस लगाम विनाको घोडाजस्तै हुने भएकोले वार्षिक योजना सञ्चालक समिति र व्यवस्थापनलाई मार्गनिर्देश गर्ने आधारभएको उहाँले बताउनुभयो । बजेट तथा योजनाले व्यवस्थापन र सञ्चालक समितिलाई स्वेच्छाचारी हुनबाट रोक्ने भएकोले यहाँ छलफल भएका विषयहरुलाई समेटी पूर्ण बार्षिक योजना निर्माण गरी सोको पूर्ण कार्यान्वयनका  साथै मूल्यांकन एवम् समिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो । 

तालिम कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालको पनि उपस्थिति थियो ।  

नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले तालिमको सहजीकरण गर्नुभएको थियो भने तालिम तथा व्यवस्थापन सहजीकरण भक्तपुर फिल्ड कार्यालयका इन्चार्ज पेशल कुमार खड्काले गर्नुभएको थियो । व्यवस्थापन सहयोग भक्तपुर फिल्ड कार्यालयका  व्यवसाय सहायक ईश्वरराज घिमिरे र लक्ष्मण बालाले गर्नुभएको थियो । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप