भक्तपुरका साकोसहरुबीच वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरका साकोसहरुबीच वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) भक्तपुर फिल्ड कार्यालयको आयोजनामा भक्तपुर फिल्ड अन्तर्गत कारोबाररत बचत तथा ऋण सहकारी संस्थाहरुका लागि एक दिवसीय निशुल्क बार्षिक योजना तथा बजेट निर्माण तालिम सोमबार सम्पन्न भएको छ ।

तालिममा भक्तपुरका ६० बचत तथा ऋण सहकारी संस्थाका ६० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त तालिम समापन समारोहमा नेफ्स्कूनकी सञ्चालक सदस्य एवम् भक्तपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक मन्दरा मिश्र प्रमुख व्यक्ति रहनुभएको थियो ।  

प्रमुख व्यक्ति मन्दरा मिश्रले आर्थिक बर्षको समाप्ती अगावै वार्षिक योजना तथा बजेट निर्माण गरी सञ्चालक समितिबाट पारित र आगामी साधारणसभाबाट अनुमोदन गराउनुपर्नेमा जोड दिनुभयो । साथै योजना विनाको साकोस लगाम विनाको घोडाजस्तै हुने भएकोले वार्षिक योजना सञ्चालक समिति र व्यवस्थापनलाई मार्गनिर्देश गर्ने आधारभएको उहाँले बताउनुभयो । बजेट तथा योजनाले व्यवस्थापन र सञ्चालक समितिलाई स्वेच्छाचारी हुनबाट रोक्ने भएकोले यहाँ छलफल भएका विषयहरुलाई समेटी पूर्ण बार्षिक योजना निर्माण गरी सोको पूर्ण कार्यान्वयनका  साथै मूल्यांकन एवम् समिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो । 

तालिम कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालको पनि उपस्थिति थियो ।  

नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले तालिमको सहजीकरण गर्नुभएको थियो भने तालिम तथा व्यवस्थापन सहजीकरण भक्तपुर फिल्ड कार्यालयका इन्चार्ज पेशल कुमार खड्काले गर्नुभएको थियो । व्यवस्थापन सहयोग भक्तपुर फिल्ड कार्यालयका  व्यवसाय सहायक ईश्वरराज घिमिरे र लक्ष्मण बालाले गर्नुभएको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप