नेफ्स्कूनद्वारा केन्द्रीय उपभोक्ता र मौरीपालन केन्द्रीय सहकारी संघका नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा केन्द्रीय उपभोक्ता र मौरीपालन केन्द्रीय सहकारी संघका नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा शुभकामना

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ र मौरीपालन केन्द्रीय सहकारी संघका वनिर्वाचित सञ्चालक समितिलाई हार्दिक बधाई सँगै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ । नेफ्स्कूलने आज केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा संक्षिप्त कार्यक्रम आयोजना गरी उपभोक्ता र मौरीपालक केन्द्रीय सहकारी संघका नवनिर्वाचित सञ्चालक समितिलाई बधाई शुभकामनाका साथै द्धिपक्षीय सहयोग, सहकार्यका सम्भावनाहरुका बारेमा प्रारम्भिक छलफल चलाएको हो ।

२०७९ साल असार १९ गते आइतबार सम्पन्न नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.को १९औं वार्षिक साधारणसभाले दुई दशक भन्दा बढी समय सहकारी अभियानमा सक्रिय युवा सहकारीकर्मी टेक प्रसाद चौलागाईंको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति तथा लक्ष्मण महर्जनको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको थियो । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले पर्याप्त सम्भावना रहेका उपभोक्ता र मौलीपालन दुवै संघका गतिविधिहरुमा क्रियाशिलता अभिवृद्धि गर्दै तीनवटै विषयगत केन्द्रीय संघहरुबीचको सहकार्यात्मक सम्बन्ध विस्तारलाई थप प्रगाढ बनाएर जान सकिने बताउनुभयोे । उहाँले नेफ्स्कून, उपभोक्ता र मौरीपालन संघबीचको व्यावसायिक सम्बन्ध विस्तारका आधारहरु पहिचान गरेर रणनीतिक योजनासहित अघि बढ्न सुझाव प्रदान गर्नुभयो । नेफ्स्कूनले आवद्ध सहकारीमा व्यावसायिकता विकासका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) सँगको साझेदारीमा उद्यमशिलता विकास र व्यावसायिक सीप तालिम प्रदान गर्दै आइरहेकोले त्यसमा अन्तरसम्बन्धित हुँदै साझेदारीका कार्यक्रमहरुमा उपभोक्ता र मौरीपालन सहकारीसँग ऐक्यवद्धतासहित अगाडि बढ्न सकिने सम्भावनाहरुको चर्चा गर्नुभयो । 

विश्व अभ्यासमा उपभोक्ता सहकारीहरु उत्कृष्ट मोडलको रुपमा रहेको उल्लेख गर्दै अध्यक्ष पौड्यालले नेपालमा पनि उपभोक्ता सहकारीको उत्थान र विकासका लागि  संगठनात्मक संरचना देखि स्रोत साधनको पर्याप्तता सम्मका लागि योजनाबद्ध ढंगले नयाँ आयामका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।  

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उपभोक्ता र मौरीपालन विषयगत केन्द्रीय सहकारी संघबीच सामिप्यता र सहकार्यको सम्भावना खोज्न सकिने उल्लेख गर्नुभयो । उहाँले नेपाल मौरीपालनको क्षेत्रमा प्रचुर सम्भावना बोकेको देश भएर पनि विविध कारणले उचित वातावरण पाउन नसकेको बताउनुभयो । केन्द्रीय उपभोक्ता र मौरीपालन संघलाई केन्द्रीय रुपमा सवल बनाउन विषयगत संघको तर्फबाट नेफ्स्कूनको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । मुलुकको आवश्यकता र उपभोक्ताको उद्देश्यलाई प्राथमिकतामा राखेर काम गर्न सफलता मिलोस भनी दुवै संघका नवनिर्वाचित समितिलाई बधाई एवम् शुभकामना प्रदान गनुभयो ।  

कार्यक्रममा नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.का अध्यक्ष टेक प्रसाद चौलागाईंले समय समयमा अभियानभित्र उपभोक्ता सहकारीका विषयमा उठ्ने सबालले आँफूलाई सँधै निराश पारेको कारणले पनि नेतृत्व लिएर अगाडि बढ्नुपर्छ भन्ने लगेको बताउनुभयो ।  

यसलाई गतिशिल बनाएर लान सकिन्छ भन्ने विश्वास लिएको छु, उहाँले भन्नुभयो, “टीम मिलेमा काम गर्न सजिलो पनि छ, र यतिबेला सबै क्षेत्रबाट साथ सहयोगको आश्वासन पनि पाएको छु, स्थानीय निकायका धेरै जनप्रतिनिधि साथीलहरुले पनि सहयोगको आश्वासन दिनुभएको छ ।” आगामी दिनमा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, यस्तै अन्य विषयगत संघहरुसँगको पारस्परिकताका माध्यमबाट अगाडि बढ्ने र उपभोक्ता सहकारी संघलाई राम्रो संघ बनाउने विश्वास लिएको उहाँले बताउनुभयो ।  

नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका नवनिर्वाचित अध्यक्ष शम्भु बहादुर कार्कीले विषयगत केन्द्रीय संघहरुबीचको सामीप्यता र असल सम्बन्ध विकासले राम्रो कामको सुरुवात हुने बताउनुभयो । उहाँले मह नेपालका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हुँदा हुँदै पनि पछाडि परिरहेकोले यसमा नमुना ढंगले कार्यक्रम अगाडि ल्याउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । 

मौरीपालन केन्द्रीय सहकारी संघ लि.को २०७८ पौष २८ गते सम्पन्न १३ औं बार्षिक साधारणसभाको ५औं अधिवेशनमार्फत २०७९ असार १२ गते सम्पन्न निर्वाचनबाट शम्भु बहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र तेज प्रसाद बरुवालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको थियो । 

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले विषयगत केन्द्रीय संघहरुबीचको आत्मिय सम्बन्धलाई मजवुद बनाउन सामुहिक छलफल र विचार विमर्शहरु पनि आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी अभियानभित्र कसले कसलाई पछाडि पार्ने र कसरी अगाडि बढ्ने भन्दापनि दर्विलो सहकार्यको माध्यमबाट समग्र अभियानलाई कसरी अगाडि बढाउन र सहकारीको आदर्श मूल्य मान्यतालाई कसरी स्थापित गर्न सकिन्छ भन्ने मूल उद्देश्यका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नवनिर्वाचित दुवै संघका सञ्चालक समितिका पदाधिकारीहरु, सदस्यहरु र लेखा सुपरिवेक्षण समितिका संयोजक र सदस्यहरु उपस्थित हुनुहुन्थ्यो । यसैगरी, नेफ्स्कूनकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, सहायक कार्यकारी अधिकृत एवम सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना सहभागी हुनुहुन्थ्यो । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

१ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप