सहकारी निर्देशन सकारात्मक छः नगर प्रमुख जीवन खत्री
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी निर्देशन सकारात्मक छः नगर प्रमुख जीवन खत्री

चाँगुनारायण । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन, कोपमिस र गोएएमएल” विषयक अन्तरक्रिया कार्यक्रम नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटीमा सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सहकारी निर्देशन समुदायमा आधारित सहकारी संस्थाको लागि सकारात्मक रहेको बताउनुभयो ।  निर्देशनले गैरसमुदायिक संस्थालाई नियमसंगत सञ्चालन गर्न सचेत गराएकोछ,  निर्देशन समुदायमा आधारित सहकारी संस्थाको पक्षमा रहेकोले यसको पालना गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो । उहाँले चाँगुुनारायण नगरपालिकाले स्थानीय सहकारी संस्थाको पवर्धन र विकासका लागि नगरसभाले नीति तथा कार्यक्रम सहित बजेट समेत पारित गरेको बताउनुभयो । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशनले समेटेका विषयवस्तुका बारेमा जानकारी गराउनुभयो । निर्देशनमा हाल प्रक्रिया नपुर्याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे मौन देखिएको र सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधिक गर्न नसकिने हुँदा सहकारीको कारोबारको आधारमा बर्गिकरण गरी अनिवार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपमिसको परिचय, कोपमिस प्रयोग गर्दाको फाइदा र हाल कोपमिसमा भएको अद्यावधिकको अवस्था बारेमा प्रस्तुत गर्नुभयो । साथै goAML मा दर्ता र प्रतिवेदनहरु कसरी अनलाइनबाट बुझाउने भन्नेबारेमा समेत प्रस्तुतीकरण गर्नुभयो । राज्यले सहकारी प्रवर्धन र विकासको लागि नै नयाँ प्रविधिहरुको विकास गरिने भएकोले  कोपमिस र नयब्ःी सफ्वेयरमा आबद्ध भई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमका सभापति, संघका सञ्चालक एवम् उपसमितिकी संयोजक सन्तोषी खतिवडाले कार्यक्रममा प्रस्तुत भएका ३५ बुँदे निर्देशन, कोपोमिस र goAMLमा आबद्धता संस्था अझ नीतिगत रुपमा सबल हुने बताउनुभयो । हाल सहकारी ऐन, नियम र निर्देशनको पालना नगर्ने सहकारीहरुमा समस्या देखिएको उहाँले बताउनुभयो । उक्त समस्याले गर्दा सहि ढंगले सञ्चालन गरेका सहकारीलाई पनि लज्जित र अविश्वासको वातावरण सिर्जना हुनेतर्फ सचेत गराउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपसमितिका सदस्य सालिकराम लामिछानेले गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा चाँगुनारायण नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी ३१ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उपसमितिका सदस्य लिला नाथ निरौलाले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप