नवविकास साकोसको नवनिर्मित भवन उद्घाटन, नयाँ भवनबाटै सेवा सुचारु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवविकास साकोसको नवनिर्मित भवन उद्घाटन, नयाँ भवनबाटै सेवा सुचारु

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका ४, चन्द्रनिगाहपुरमा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्था लि.ले नवनिर्मित भवन उद्घाटन गरेको छ । भवन उद्घाटनसँगै साकोसले आजैबाट सदस्यरुका लागि नयाँ भवनबाटै सेवा सुचारु गरेको छ । नवनिर्मित भवनको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

प्रमुख अतिथि अध्यक्ष पौड्यालले साकोसले संस्थागत विकास, सुशासन र सुरक्षित वित्तीय कारोबारमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरयुक्त र विश्वसनीय साकोस निर्माणमा स्तरीकरण कार्यक्रमको योगदान रहेको बताउँदै आगामी दिनमा अझ सबल र सुदृढ साकोस निर्माणका लागि प्रतिबद्ध रहन आग्रहसति संस्थागत बृद्धि विकास र सफलताको शुभकामना व्यक्त गर्नुभयो ।  

रौतहट जिल्ला बचत संघकी अध्यक्ष देवकी नेपालले सदस्यहरुको सेवालाई केन्द्रविन्दुमा राखेर काम गरेकाले नव विकास साकोस सफलताको गतिमा अगाडि बडिरहेको बताउनुभयो ।  उहाँले सुरक्षित र विश्वसनीय वित्तीय सेवामा जोड दिँदै आगामी दिनहरुमा पनि सदस्यहरुमाझ अझ लोकप्रिय बन्न सफल बनोस् भनी शुभकामना प्रदान गर्नुभयो । 

साकोसका अध्यक्ष देववहादुर सापकोटाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य हरेराम प्रसाद, साकोसका उपाध्यक्ष शेख अनवारुल हक, सञ्चालक सदस्यहरु, सेयर सदस्यहरु र स्थानीय सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

२०६५ साल मंसिर १० गते स्थापित, हाल चन्द्रपुर नगरपालिकाभर कार्यक्षेत्र रहेको नव विकास साकोसमा २८ सय ७० सेयर सदस्य रहेका छन् । २ करोड ५२ लाख सेयर पुँजी, १ करोड ८० लाख जगेडा कोष रहेको उक्त साकोसको कुल वासलात ३० करोड ७० लाख छ । सदस्यहरुलाई प्रविधियुक्त सेवामा जोड्दै उद्यमशिलता विकासमा जोड दिने रणनीति लिएको साकोसका व्यवस्थापक यज्ञ प्रसाईंले जानकारी गराउनुभयो । 

साकोस नेफ्स्कूनद्वारा प्रबद्र्धित एसियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेस र नेपाल स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसन दुवैमा आबद्ध छ । नेपाल स्तरको प्रोबेसन कार्यक्रम अन्तर्गत साकोसले लगातार तीन पटक सम्म ब्राण्ड प्राप्त गरिसकेको छ भने बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषमा पनि साकोसको सहभागिता रहेको छ । 
साकोसका व्यवस्थापक यज्ञ प्रसाईंले गत सालको प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापक पुरस्कार समेत प्राप्त गरिसक्नुभएको छ । 

करिब १० कोठा भएको दुई तले भवन निर्माणका लागि रु. ९० लाख लागत लागेको र अझै सजावटका केही कामहरु बाँकी रहेको साकोसका व्यवस्थापक प्रसाईले जानकारी गराउनुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप