नवविकास साकोसको नवनिर्मित भवन उद्घाटन, नयाँ भवनबाटै सेवा सुचारु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवविकास साकोसको नवनिर्मित भवन उद्घाटन, नयाँ भवनबाटै सेवा सुचारु

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका ४, चन्द्रनिगाहपुरमा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्था लि.ले नवनिर्मित भवन उद्घाटन गरेको छ । भवन उद्घाटनसँगै साकोसले आजैबाट सदस्यरुका लागि नयाँ भवनबाटै सेवा सुचारु गरेको छ । नवनिर्मित भवनको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

प्रमुख अतिथि अध्यक्ष पौड्यालले साकोसले संस्थागत विकास, सुशासन र सुरक्षित वित्तीय कारोबारमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरयुक्त र विश्वसनीय साकोस निर्माणमा स्तरीकरण कार्यक्रमको योगदान रहेको बताउँदै आगामी दिनमा अझ सबल र सुदृढ साकोस निर्माणका लागि प्रतिबद्ध रहन आग्रहसति संस्थागत बृद्धि विकास र सफलताको शुभकामना व्यक्त गर्नुभयो ।  

रौतहट जिल्ला बचत संघकी अध्यक्ष देवकी नेपालले सदस्यहरुको सेवालाई केन्द्रविन्दुमा राखेर काम गरेकाले नव विकास साकोस सफलताको गतिमा अगाडि बडिरहेको बताउनुभयो ।  उहाँले सुरक्षित र विश्वसनीय वित्तीय सेवामा जोड दिँदै आगामी दिनहरुमा पनि सदस्यहरुमाझ अझ लोकप्रिय बन्न सफल बनोस् भनी शुभकामना प्रदान गर्नुभयो । 

साकोसका अध्यक्ष देववहादुर सापकोटाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य हरेराम प्रसाद, साकोसका उपाध्यक्ष शेख अनवारुल हक, सञ्चालक सदस्यहरु, सेयर सदस्यहरु र स्थानीय सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

२०६५ साल मंसिर १० गते स्थापित, हाल चन्द्रपुर नगरपालिकाभर कार्यक्षेत्र रहेको नव विकास साकोसमा २८ सय ७० सेयर सदस्य रहेका छन् । २ करोड ५२ लाख सेयर पुँजी, १ करोड ८० लाख जगेडा कोष रहेको उक्त साकोसको कुल वासलात ३० करोड ७० लाख छ । सदस्यहरुलाई प्रविधियुक्त सेवामा जोड्दै उद्यमशिलता विकासमा जोड दिने रणनीति लिएको साकोसका व्यवस्थापक यज्ञ प्रसाईंले जानकारी गराउनुभयो । 

साकोस नेफ्स्कूनद्वारा प्रबद्र्धित एसियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेस र नेपाल स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसन दुवैमा आबद्ध छ । नेपाल स्तरको प्रोबेसन कार्यक्रम अन्तर्गत साकोसले लगातार तीन पटक सम्म ब्राण्ड प्राप्त गरिसकेको छ भने बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषमा पनि साकोसको सहभागिता रहेको छ । 
साकोसका व्यवस्थापक यज्ञ प्रसाईंले गत सालको प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापक पुरस्कार समेत प्राप्त गरिसक्नुभएको छ । 

करिब १० कोठा भएको दुई तले भवन निर्माणका लागि रु. ९० लाख लागत लागेको र अझै सजावटका केही कामहरु बाँकी रहेको साकोसका व्यवस्थापक प्रसाईले जानकारी गराउनुभयो । 

भर्खरै
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

७ घण्टा अगाडि

'सही समयमा जारी निर्देशन तथा मापदण्डहरु सहकारीको हितमा छन् '
'सही समयमा जारी निर्देशन तथा मापदण्डहरु सहकारीको हितमा छन् '

८ घण्टा अगाडि

सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड

८ घण्टा अगाडि

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहका...

२३ घण्टा अगाडि

गलत काममा मेरो संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री बलराम अधिकारी
गलत काममा मेरो संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री बलराम अधिकारी

२४ घण्टा अगाडि

सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवाद ज्ञापन 
सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवा...

१ दिन अगाडि

चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  
चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  

१ दिन अगाडि

नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना
नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना

३ दिन अगाडि

लोकप्रिय
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना
नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना

३ दिन अगाडि

राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

७ घण्टा अगाडि

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहका...

२३ घण्टा अगाडि

काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम
काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम

५७५ दिन अगाडि

अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूलक काममा लगाउनुपर्नेमा जोड
अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूल...

६६४ दिन अगाडि

बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यश...

६८४ दिन अगाडि

बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न
बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न

६८५ दिन अगाडि

पाठकबाट थप