काठमाडौं । आजबाट आर्थिक बर्ष २०७९/०८० को सुरुवात भएको छ । सहकारी, बैंक वित्तीय संस्था तथा आर्थिक कारोबारमा संलग्न सम्पूर्ण संघ संस्थाहरुले बार्षिक कारोबारको खाताबन्दी तथा सालतमामी सम्पन्न गरेका छन् । नेपाल सरकारको नियमानुसार असार मसान्तमा खाताबन्द गरेर चालु आ.व.का लागि बार्षिक योजना तथा बजेट र कार्यक्रमहरु साउन १ गतेबाटै कार्यान्वयनमा आएका छन् ।
नेपालको बचत तथा ऋण सहकारी अभियानमा पनि खाताबन्दीसँगै नयाँ आ.व.को बार्षिक योजना तथा बजेट कार्यक्रमसँगै कर्मचारीहरुलाई कार्यसम्पादन लक्ष्य प्रदान गरिएको छ ।
काठमाडौंको चन्द्रागिरीमा रहेको चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले आज एक औपचारिक कार्यक्रमका बीच प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठलाई नयाँ आर्थिक बर्षको कार्यसम्पादन लक्ष्य हस्तान्तरण गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृतले विभागीय प्रमुख तथा सेवा केन्द्र प्रमुखहरुलाई कार्यसम्पादन लक्ष्य हस्तारण गर्नुभएको थियो । साकोसका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आर्थिक बर्षको कुनै पनि समय त्यत्तिकै खेर नजाओस् भनेर र योजना अनुरुप कार्यगर्नका लागि साकोसले विगत ३ बषैदेखि नै नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै उक्त अभ्यास गर्दै आइरहेको बताउनुभयो । अघिल्लो आर्थिक वर्ष भित्रै निर्माण गरिएको बार्षिक नीति तथा कार्यक्रम र बजेट अनुरुप संस्थागत लक्ष्य सञ्चालक समितिका अध्यक्ष मार्फत प्रमुख कार्यकारी अधिकृतलाई हस्तारण गर्ने र प्रमुख कार्यकारीले मातहतका कर्मचारीहरुलाई कार्यसम्पादन लक्ष्य प्रदान गर्ने काम सम्पन्न भएको उहाँले जानकारी गराउनुभयो ।
बार्षिक क्यालेण्डर अनुरुप काम गर्दा लक्ष्य प्राप्तिमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाई थियो ।
नयाँ आर्थिक बर्ष सुरुवातसँगै नयाँ जोश, जाँगर र थप उत्साहका साथ लक्षित कार्यसम्पादन लक्ष्यहरु पुरा गर्ने र सदस्य सेवालाई थप स्तरोन्नती गर्ने प्रतिवद्धता सामाजिक सञ्जाल मार्फत प्रवाह गर्दै साकोसले सदस्यहरुलाई संस्थागत र व्यवस्थापन जिम्मेवारीबारे समेत सुसूचित गराएको हो ।
त्यसैगरी काभ्रेको बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष विकास वादेले प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहाललाई आ.व. २०७९/०८९ को बार्षिक योजना सहितको कार्यसम्पादन लक्ष्य एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतले अन्य विभागीय प्रमुखहरुलाई कार्यजिम्मेवारी प्रदान गर्नुभएको थियो ।
त्यस्तै नवलपुरको गैंडाकोट–८ स्थित विकू बचत तथा ऋण सहकारी संस्था लि.ले चालु आर्थिक वर्ष २०७९/८० को लागि सञ्चालक समितिले व्यवस्थापन प्रमुखलाई र व्यवस्थापन प्रमुखले विभागीय, क्षेत्रीय तथा सेवा केन्द्र प्रमुखहरुलाई वित्तिय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण गरेको थियो । चालु आर्थिक वर्ष २०७९/८० को लागि व्यवस्थापनलाई करिब १२ अरबको वित्तिय लक्ष्य दिईएको साकोसले जनाएको छ । कार्यक्रममा सस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले व्यवस्थापन प्रमुख माधव प्रसाद पौडललाई र व्यवस्थापन प्रमुख माधव प्रसाद पौडलले विभागीय, क्षेत्रीय र सेवा केन्द्र प्रमुखहरुलाई वित्तिय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण गर्नु भएको थियो ।
त्यस्तै रुपन्देही स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.ले पनि अघिल्लो आ.व.को मसान्तमै (असार ३२गते) आ.व. ०७९ ०८० को बार्षिक योजना, बजेट तथा कार्यक्रम अनुरुप व्यवस्थापनलाई कार्यविवरण हस्तान्तरण गरेको थियो । साकोसकी अध्यक्ष ज्ञानु पौडेलले व्यवस्थापन प्रमुख रणबहादुर थापालाई कार्यविवरण हस्तान्तरण गर्नुभएको थियो भने व्यवस्थापक प्रमुखले मातहतका कर्मचारीहरुलाई कार्यविवरण प्रदान गर्नुभएको थियो ।
उल्लेखित बचत तथा ऋण सहकारी संस्थाहरु नेपालका एक उदाहरणीय सहकारी संस्था हुन् । सहकारीको सिद्धान्त मूल्य मान्यतालाई शिरोपर गरी सञ्चालनमा र सुशासनमा अब्बल ठहरिने धेरै बचत तथा ऋण सहकारी संस्थाहरुले आफ्ना बार्षिक कार्यक्रम र योजनालाई प्रमुख प्राथमिकतामा राखेर संस्थागत सुदृढीकरण र सदस्य सेवा प्रभावकारीताका लागि जोड दिँदै अगाडि बढेको पाइन्छ ।
प्रभावकारी कार्यसम्पादनका लागि समयको पावन्दी प्रमुख हो, भनिन्छ । तोकिएको समयावधिभित्र गरिने कार्यले तोकिएको लक्ष्यमा सत् प्रतिशत सफलता अवश्यमभावी वन्दछ । यसको प्रत्यक्ष उदाहरणको रुपमा हामी विकू बचत तथा ऋण सहकारी संस्था, चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था, चण्डेश्वरी वचत तथा ऋण सहकारी संस्था, जनउत्थान बचत तथा ऋण सहकारी संस्था र अन्य यस्तै समयको पावन्दीमा तीब्र गतिमा चल्न सक्ने सफल र उत्कृष्ट साकोसहरुलाई लिन सक्छौं । जसले समयको वेगमा आफ्नो गतिलाई समाहित गर्न सक्छ, वास्तवमा त्यो नै गतिशिल बन्दछ ।
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
१२ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
२३ दिन अगाडि