‘साकोस शुद्धीकरण र सुदृढीकरणका लागि अब स्तरीकरणको विकल्प छैन’  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोस शुद्धीकरण र सुदृढीकरणका लागि अब स्तरीकरणको विकल्प छैन’  

काठमाडौं । साकोस स्तरीकरण कार्यक्रममा सहभागी हुन बाँकी रहेका काठमाडौं र भक्तपुरका केही बचत तथा ऋण सहकारी संस्थाहरुलाई आज नेफ्स्कूनको आयोजनामा अभिमुखीकरण गरिएको छ । नेफ्स्कून तालिम केन्द्र चाबहिलको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा काठमाडौं र भक्तपुरमा सञ्चालित १५ बचत तथा ऋण सहकारी संस्थाबाट २३ जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साकोस सञ्चालनमा शुद्धीकरण र संस्थागत सुदृढीकरणमा जोड दिन स्तरीकरण कार्यक्रमको महत्व र उपादेयतामाथि अभिमुखीकरण कार्यक्रमको जोड रहेको थियो ।
 
नेफ्स्कूनका सञ्चालक सदस्य एवं चाबहिल फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक न्हुच्छे नारायण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख व्यक्ति नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु सहित संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना उपस्थित हुनुहुन्थ्यो । 

कोषाध्यक्ष दिपक पनेरुले बचत तथा ऋण सहकारी अभियान शुद्धीकरणका लागि नेफ्स्कूनले सुरु गरेका स्तरीकरणका कार्यक्रमहरु उपलब्धीमूलक रहेको प्रष्ट्याउँदै संस्थागत दिगो विकासका लागि कार्यक्रम आबद्धताको विकल्प नभएको उल्लेख गर्नुभयो । साकोसको संस्थागत सुदृढीकरणका लागि स्तरीकरण कार्यक्रम, साकोस सुरक्षा कवचको रुपमा स्थिरीकरण कोष र नीति, विधि, प्रविधि एकरुपताका लागि एकीकृत प्रविधि प्रणालीमा जोडिनु आजको आवश्यकता रहेको चर्चा गर्दै सर्वप्रथम स्तरीकरण कार्यक्रम आबद्धताका लागि आव्हान गर्नुभयो । 

प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले साकोस अभियानको अबको जोड भनेको स्तरीकरण, सुशासन प्रवर्धन र प्रविधिकरण मार्फत सुशासित र सुव्यवस्थित साकोस सञ्चालन रहेको बताउनुभयो । उहाँले साकोसको गुणस्तर सुधारका नीम्ति स्तरीकरण कार्यक्रम प्रोबेसनले स्वस्थ र सुरक्षित वित्तीय कारोबारमा जोड दिने हुँदा उपस्थिति साकोस प्रतिनिधिहरुलाई कार्यक्रम आबद्धताका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रम सहजीकरण सहायक कार्यकारी अधिकृत तिमल्सिनाले र कार्यक्रम सञ्चालन बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप