उद्यमशिलता विकासमा टेवा पुर्याउन सहकारीका सदस्यहरूलाई तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमशिलता विकासमा टेवा पुर्याउन सहकारीका सदस्यहरूलाई तालिम

काठमाडौं । सिद्धेश्वर महिला साकोस, भक्तपुरको संयोजकत्वमा आइएलओ अघि बढौं उद्यमशिलता विकास तालिम भक्तपुरको राधेराधेमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने उक्त तालिम राष्ट्रिय सहकारी महासंघको आयोजना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोग तथा समन्वय र  अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा सुरु भएको हो । 

तालिमको शुभारम्भ राष्ट्रिय सहकारी महासंघका नायव महाप्रवन्धक बाबुल खनालले गर्नुभएको थियो । तालिममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी १४ जना महिला सदस्यहरु उपस्थित हुनुहुन्छ । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र शान्ती अधिकारीले गर्नुभएको छ । तालिम शुभारम्भ कार्यक्रममा सिद्धेश्वर महिला साकोसकी अध्यक्ष मञ्जु काफ्ले र नेफ्स्कून भक्तपुर फिल्ड कार्यालयका ईन्चार्ज पेशल खड्काको समेत उपस्थिति थियो । 

५ दिनसम्म सञ्चालन हुने उक्त तालिमले महिलाहरुमा उद्यमशिलता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप