मकवानपुरमा सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन

काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरको आयोजनामा साकोस प्रतिनिधिहरुका लागि कोपोमिस तालिम सञ्चालन भएको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिका–५ मा रहेको ग्रामिण महिला सेवा केन्द्रको सभाहलमा बुधबार आयोजित तालिममा मकवानपुरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ४० जनाको सहभागिता रहेको थियो । 

मकवानपुर फिल्ड व्यवस्थापन उपसमिति सदस्य राजु गौतमको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल हुनुहुन्थ्यो । 

तालिममा हेटौडा उपमहानगरपालिकाकी सहकारी शाखा अधिकृत सुस्मिता महत, हेटौडा उपमहानगरपालिकाकी कम्प्युटर अपरेटर नीरदेबी महर्जन लगायतको उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि हिम प्रसाद पौडेलले सहकारी ऐन नियम अनुसार सहकारी सञ्चालन गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले ऐनमा उल्लेख भए बमोजिम सहकारीले कोष विभाजन गर्नुपर्ने, नीति विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने, कोपोमिसमा आबद्ध भई समष्टिगत विवरण भर्नुपर्ने लगायतका विषयहरुमा जानकारी गराउँदै कोपोमिसमा समष्टिगत विवरण भर्न आनाकानी गर्ने सहकारीहरुको करचुक्ता प्रमाणपत्र रोकिने स्पष्ट पार्नुभयो । 

तालिमका सभाध्यक्ष राजु गौतमले सहकारीको वित्तीय कारोबार सहकारी अभियानभित्रै रहनुपर्नेमा जोडदिनुभयो । उहाँले बचत तथा ऋण सहकारी अभियान सुदृढीकरणका लागि नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रमहरुमा सहभागी हुन सम्पूर्ण सहकारीहरुमा अनुरोध गर्नुभयो । 

तालिम सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत सौभाग्य भट्टराइले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण नेफ्स्कून मकवानपुर फिल्ड कार्यालयकी ईन्चार्ज ज्योति महतले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप