सहकारीका असल अभ्यास सिक्न काठमाडौंका सहकारीद्वारा अवलोकन भ्रमण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका असल अभ्यास सिक्न काठमाडौंका सहकारीद्वारा अवलोकन भ्रमण 

काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) अन्तर्गत काठमाडौं चौथो समूहमा आबद्ध बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुद्वारा काभ्रेको बनेपामा सञ्चालित दुई नमूना सहकारीहरुको अवलोकन भ्रमण गरेका छन् । 

कालिमाटीको जन धन साकोस, बनस्थलीको नरपानी देवनगर साकोस, कपनको सप्तदेव साकोस, भद्रबासको हजुरको त्रिवेणी साकोस, भद्रबासकै जनशक्ति कृषि साकोस, चाबहिलको सिन्धुसागर साकोस, पासागुवाहाली पुच साकोस र कलंकीको कन्कालीमाई साकोसका पदाधिकारी र व्यवस्थापकहरु सम्मिलित टोलिले श्रावण ११ गते बुधबार काभ्रेको पनौतिमा रहेका सामूदायिक साकोस र चण्डेश्वरी साकोसको अवलोकन भ्रमण गरेका हुन् । अवलोकन भ्रमणले समुदायमा सञ्चालित सहकारीहरुले गरेका असल अभ्यास र उत्कृष्ट सहकारी मोडलहरुको बारेमा जानकारी प्राप्त हुने विश्वास भ्रमण टोलिको रहेको थियो ।

अवलोकन भ्रमण टोलिलाई सामुदायिक साकोसका सञ्चालक सदस्य तथा शिक्षा समिती संयोजक मुकुन्द अर्यालले स्वागत गर्दै संस्थाको संक्षिप्त परिचय गराउनु भएको थियो । प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाका गतिविधि तथा असल अभ्यासका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

त्यसैगरी चण्डेश्वरी साकोसका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले भ्रमण समूहलाई संस्थामा स्वागत गर्दै संस्थाका गतिविधि, स्तरीकरण कार्यक्रमका संस्थागत अभ्यास र साकोसको जोखिम न्यूनीकरणका उपायहरु सम्बन्धमा प्रस्तुतीकरण सहित अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो । 

अवलोकन भ्रमण सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनाली, कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदी र नेफ्स्कून बनेपा फिल्ड कार्यालयका ईन्चार्ज राम सापकोटाले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप