धादिङ र गोर्खा जिल्लाका सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङ र गोर्खा जिल्लाका सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन 

धादिङ । धादिङमा सहकारीहरुका लागि कोपोमिस तालिम प्रदान गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय धादिङको आयोजनामा आज सञ्चालित तालिम नेफ्स्कूनकी निवर्तमान उपाध्यक्ष एवम् नेफ्स्कून पुरस्कार तथा सम्मान उपसमिति सदस्य पार्वती राई खाँडको सभाध्यक्षततामा भएको थियो । 

तालिम कार्यक्रममा निलकण्ठ नगरपालिका वडा नं. ३ की कार्यपालिका सदस्य चिना श्रेष्ठको प्रमुख आतिथ्यता र नेफस्कून फिल्ड व्यवस्थापन समितिका सदस्यहरु क्रमशः तुलसी अधिकारी, प्रदिप अधिकारी, गणेश श्रेष्ठ र जिल्ला बचत संघका प्रमुख व्यवस्थापकको आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि चिना श्रेष्ठले कोपोमिसको प्रभावकारी प्रयोगबाट सहकारी संघ संस्थाहरुबारेको जानकारी प्राप्त हुनेहुँदा यसले भोलिको दिनमा सहकारी क्षेत्रको विकास र व्यवस्थापनमा सहयोग पुग्ने साथै सहकारीलाई सुशासित र मर्यादित बनाउन सकिने  विश्वास व्यक्त गर्नुभएको थियो । नेफ्स्कूनले कोपोमिस प्रयोग सम्बन्धी तालिम दिएर अत्यन्त राम्रो काम गरेको र नगरपालिकालाई समेत अपनत्वबोध गराएर कार्यक्रम आयोजना गरेकोप्रति निकै खुसी व्यक्त गर्नुभएको थियो । 

नेफ्स्कूनकी निवर्तमान उपाध्यक्ष पार्वती राईले सहकारीका समसामयिक वस्तुस्थिति, सुशासनका देखिएको कमजोरी साथै सहकारी संस्था सञ्चालनमा पालना गर्नुपर्ने नीति, विधि र सिद्धान्तका बारेमा प्रष्ट पार्नुभएको थियो । कोपोमिस प्रणालीमा आबद्ध भएर सहकारीका सम्पूर्ण विवरणहरु भर्न अनुरोध गर्नुभएको थियो । उहाँले नेफ्स्कूनले प्रदान गर्ने सेवा र स्तरीकरणका कार्यक्रमहरुमा सहभागी भएर बढी भन्दा बढी लाभ लिन सहकारीहरुलाई सुझाव समेत दिनुभएको थियो । 

कार्यक्रममा धादिङ र गोर्खा जिल्लाका गरी ३० वटा सहकारी संस्थाका ३१ जनाको सहभागिता रहेको थियो । फिल्ड व्यवस्थापन समित सदस्य प्रदिप अधिकारीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ सहायक मनोहर आचार्य र सञ्चालन धादिङका फिल्ड ईन्चार्ज शम्भु प्रसाद घिमिरेले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप